गैंडाकोट नमूना माविले रजत जयन्ती वर्ष मनाउँदै / मंगलबार स्थापना दिवश मनाइयो - समृद्धि खबर

Pages

Breaking

Tuesday, December 31, 2019

गैंडाकोट नमूना माविले रजत जयन्ती वर्ष मनाउँदै / मंगलबार स्थापना दिवश मनाइयो

पूर्णप्रसाद खराल राजन, गैंडाकोट, १५ पौष । 

गैंडाकोट नमूना माध्यमिक विद्यालयले रजत जयन्ती वर्ष मनाउने भएको छ । विद्यालयले यस वर्षभरी नै विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउने विद्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । 

सोहीक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गोपेन्द्रकेसरी न्यौपानेले २०५१ सालमा स्थापना भएको विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दै २५ वर्षे यात्रा तय गरेको बताउनुभयो । रजत जयन्ती वर्षका अवसरमा यस वर्ष विभिन्न सामाजिक गतिविधिदेखि विविध खेलकुद प्रतियोगिताहरु गर्ने बारे जानकारी दिनुभएको छ । 

विद्यालयले रजत जयन्तीका अवसर पारेर गतिविधि सुरुवात् भइसकेको जनाएको छ । जसअन्तर्गत यस अघि मंसिर १६ र १७ गते विद्यालयको प्राङ्गणमा रेडक्रस गोष्ठी कार्यक्रम आयोजना गरिएको छ भने रजत जयन्ती वर्षको औपचारिक जानकारी दिन मंगलबार (आज) पत्रकार सम्मेलनको आयोजना गरिएको छ भने यहि माघ १ गते विद्यालयको आसपासका ५ वटा मठमन्दिरहरुमा भेटी दान गर्ने कार्यक्रम, माघ ३ गते खुल्ला रक्तदान कार्यक्रम, माघ १५ गते भजन कीर्तन प्रतियोगिता, माघ २८ गते पूर्व विद्यार्थी पुनर्मिलन तथा सांस्कृतिक कार्यक्रम, फाल्गुन २ गते भलिबल तथा खेलकुद कार्यक्रम, फाल्गुन २३ गते अभिभावक, प्राज्ञिक, समाजसेवी तथा शिक्षाप्रेमीहरु सम्मान कार्यक्रम गर्ने जनाएको छ । 

यस्तैगरी फागुन २३ गते नै विद्यालयले वर्षभरी विभिन्न गतिविधि सञ्चालन गर्दै बालमैत्री विद्यालय घोषणा गर्ने कार्यक्रम तय गरेको विद्यालयका प्रधानाध्यापक न्यौपानेले जानकारी दिनुभएको छ । रजत जयन्तीको अवसरमा फागुन ३० गते विद्यालयको स्मारिका विमोचन गर्ने यस्तै गरी यहि चैत्र मसान्तमा २५ वर्षे २५ उपलब्धिहरुको समीक्षात्मक कार्यक्रम गर्दै रजत जयन्ती वर्ष कार्यक्रमको समापन गर्ने विद्यालयका प्रधानाध्यापक न्यौपानेले जानकारी दिनुभएको छ ।

रजत जयन्तीको औपचारिक जानकारी दिन आयोजित कार्यक्रमका बीच आज विद्यालयले आफ्नो स्थापना दिवस समेत मनाएको थियो ।सोही अवसरमा २५ वटा दिपप्रज्वलन गरिएको थियो भने विद्यालयमा केक काट्दै सबै शिक्षाकर्मी, सञ्चारकर्मी एवं सरोकारवाला बीच खुसी साटासाटसमेत गरिएको थियो । 

सोहीक्रममा नीजि तथा आवासिय विद्यालय अगनाईजेसन नेपाल (प्याब्सन नेपाल)का राष्ट्रिय उपाध्यक्ष भरतबाबु कंडेल, प्याब्सन नेपालका केन्द्रिय सदस्य दिपकराज लम्साल, प्याब्सन नवलपुर जिल्ला अध्यक्ष रामचन्द्र देवकोटा, प्याब्सन जिल्ला उपाध्यक्ष दिपक रावत, प्याब्सन देवचुली नगर-अध्यक्ष ढाकाराम भट्टराई, प्रेस संगठन नवलपुरका सहसंयोजक हिमालदेव पंगेनी, पत्रकार महासंघ जिल्ला सदस्य श्रीधर उपाध्यायलगायत विद्यालयका सञ्चालक, शिक्षक एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपककुमार लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो । 






No comments:

Post a Comment

Post Bottom Ad