गैंडाकोटमा युवाहरुको सक्रियतामा सुरु भयो निःशुल्क कपडा बैंक - समृद्धि खबर

Pages

Breaking

Monday, December 23, 2019

गैंडाकोटमा युवाहरुको सक्रियतामा सुरु भयो निःशुल्क कपडा बैंक

गैंडाकोट, ७ पौष । 

 निःशुल्क कपडा बैंक गैंडाकोटमा सञ्चालनमा आएको छ । संयुक्त नेपाल अनाथ तथा असहय बालबालिका समाज गैंडाकोट ५ ले गैंडाकोट नगरपालिका स्थित कालिगण्डकीचोक नजिकै निःशुल्क कपडा बैंक सञ्चालनमा आएको हो । 

गरिब, विपन्न समुदायका व्यक्तिहरुका लागि लक्षित गर्दै निःशुल्क कपडा बैंक सञ्चालनमा ल्याइएको हो । बैंकमा प्रयोग भएका तर पुनः प्रयोग गर्न योग्य कपडा राखिने बताइएको छ । यहाँबाट गरिब, विपन्न तथा असहय व्यक्तिले छनौट गरी कपडा लान मिल्ने व्यवस्था मिलाइएको बताइएको छ । 

कुनै पनि नागरिक एकसरो कपडाबाट बञ्चित नहुँन भनि यस्तो अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ । अभियानको गैंडाकोट नगरपालिकाका ५ का वडा अध्यक्ष  नवराज कंडेलले उद्घाटन गर्दै जाँडो मौसमका बेला अभियान प्रभावकारी हुने भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

 यस अभियानलाई नगरको सबै ठाउँसम्म पु¥याउनुपर्ने बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सामाजिककर्मीलगायत सरोकारवालाको उपस्थिति रहेको थियो । 

No comments:

Post a Comment

Post Bottom Ad