नवलपुरमा भिरबाट मोटरसाईकल खस्यो / एक जनाको घटनास्थलमै मृत्यु ,१ जना गम्भीर घाईते - समृद्धि खबर

Pages

Breaking

Thursday, December 5, 2019

नवलपुरमा भिरबाट मोटरसाईकल खस्यो / एक जनाको घटनास्थलमै मृत्यु ,१ जना गम्भीर घाईते

नवलपुरमा भिरबाट मोटरसाईकल खस्यो / एक जनाको घटनास्थलमै मृत्यु ,१ जना गम्भीर घाईते

गैंडाकोट, १९ मंसिर ।


पूर्वी नवलपरासीकोे हुप्सेकोट गाउँपालिका वडा नंं. ५ स्थित धौवादी–दलदले सडकखण्डको पाङ्ग्रेकोे भीरबाट मोटरसाईकल खस्दा एक जनाको मुत्यु भएको छ । 

    बुलिङटारबाट दलदले आउँदै गरेको ना २८ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल भिरबाट खस्दा मोटरसाइकलमा पछाडी सवार भारतीपुर बस्ने वर्ष ५५ बुद्धिमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

त्यस्तै मोटरसाइकल चालक भारतीपुरकै ५२ वर्र्षीय रामजी श्रेष्ठ गम्भीर घाईते भएका छन् । गम्भीर घाईते श्रेष्ठलाई मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



No comments:

Post a Comment

Post Bottom Ad