कावासोती नगरपालिकाको पहिलो नमुना मार्गको समुद्घाटन - समृद्धि खबर

Pages

Breaking

Tuesday, December 17, 2019

कावासोती नगरपालिकाको पहिलो नमुना मार्गको समुद्घाटन

समृद्धि खबर, गैंडाकोट । 


कावासोती नगरपालिकाकै पहिलो नमुना मार्गको आज समुद्घाटन गरिएको छ ।  आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कावासोती नगरपालिका वडा नं. २ स्थित पन्चकन्याचोकदेखि सयपत्री चोकसम्म निर्माण भएको ३९० मिटर नमुना मार्गको आज एक कार्यक्रमका बीच उद्घाटन गरेको हो । 

कार्यक्रममा कावासोती नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले रिबन कारेर उमुद्घाटन गर्नुभएको थियो । नगरपालिकामै पहिलोपटक अस्फल्ट प्रबिधिबाट निर्माण गरिएको मार्गमा नगरपालिकाको २० लाख रुपैयाँ र जनसहभागितासहित ९ लाख १० हजार गरि २९ लाख १० हजार रुपैयाँको लागतमा निर्माण भएकोे बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष तुलसीराम श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाकै पहिलो र बलियोमार्ग भएकाले यस मार्गलाई नमुना मार्ग नामाकरण गरिएको स्थानीय रामकुमार श्रेष्ठले बताउनुभयो । सरकारी मापदण्डअनुसार चोक तथा भित्री बाटो छिर्ने स्थानहरुमा जेब्रा क्रसिङ तथा मार्गको बीच भागमा स्पिड लिमिटका बोर्डहरु राखिएको र अबका केही दिनमा मार्गको दायाँ–बायाँ डस्टबिन राखिने योजना रहेको स्थानीय हरि न्यौपानेले जानकारी गराउनुभयो । 

कावासोती नगरपालिकाकै पहिलो नमुना मार्ग बनाउन सफल भएका वडा नं. २ का बासिन्दालाई अध्यक्ष पौडेलले बधाई दिनुभएको थियो भने बाटो निर्माणमा सहयोग गर्ने सम्पुर्णलाई निर्माण समितिका अध्यक्ष श्रेष्ठले धन्यवाद दिनुभएको थियो । उमुद्घाटन पछि अतिथिलगायतलाई गाडीमा राखि बाटोको परिक्रमा गराइएकोे थियो ।





No comments:

Post a Comment

Post Bottom Ad