गैंडाकोट २ मा ट्रक र स्कूटर ठोक्किदा १ जनाको ज्यान गयो, १ जना घाइते - समृद्धि खबर

Pages

Breaking

Wednesday, December 4, 2019

गैंडाकोट २ मा ट्रक र स्कूटर ठोक्किदा १ जनाको ज्यान गयो, १ जना घाइते

गैंडाकोट, १९ मंसिर । 

पूर्वी नवलपरासीकोे गैंडाकोट  २ स्थित नमस्तेचोक नजिक आज बिहान  (१ः२० बजे)  भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरिक्षक दिपककुमार कार्कीका अनुसार  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.६.ख. ८०५८ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.३१.प. २६१८ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । 

दुर्घटनामा परी स्कुटरमा सबार २ जना घाइतेमध्ये भरतपुर १० का २६ वर्षीय विरेन्द्र गिरीको मृत्यु भएको छ भने गैंडाकोट ४ का २१ वर्षीय आकाश सिंजालीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । स्कुटरले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको गैंडाकोट प्रहरीले जानकारी दिएको छ । 

No comments:

Post a Comment

Post Bottom Ad