गाउँपालिका अध्यक्ष जेल चलान - समृद्धि खबर

Pages

Breaking

Sunday, December 22, 2019

गाउँपालिका अध्यक्ष जेल चलान

अनिल तिवारी, बारा । 

 विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल राउत भेडिहरलाई जिल्ला अदालत बाराले जेल चलान गरेको छ । आइतबार अदालतको २०६३ भदौ २९ गतेको फैसला आदेशअनुसार अध्यक्ष राउतलाई सवारी ज्यान मुद्दामा २९ दिन जेल चलान गरिएको हो ।

अध्यक्ष राउतलाई अदालतको फैसलाअनुसार सवारी ज्यान मुद्दामा २९ दिन कैद र २ हजार नगद जरीवाना तोकिएको थियो ।

इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले उहाँलाई आइतबार बिहान पक्राउ गरी अदालतमा उपस्थित गराएको र आइतबार नै कैद भुक्तानको लागि कारागार कार्यालय वीरगञ्ज पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको हो । 




No comments:

Post a Comment

Post Bottom Ad