गैंडाकोट ५ मा ७० जना ज्येष्ठ नागरिकलाई सम्मान - समृद्धि खबर

Pages

Breaking

Tuesday, December 31, 2019

गैंडाकोट ५ मा ७० जना ज्येष्ठ नागरिकलाई सम्मान

पुर्णप्रसाद खराल, गैंडाकोट ।

 गैंडाकोट वडा नंं. ५ मा ७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिक हाम्रा आदर्श र मार्गर्दशक भएकाले उहाँहरुलाई सम्मानीत गरिएको गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो ।

 गैंडाकोट ५ को वडा कार्यलयले आयोजना गरिएको कार्यक्रममा ज्येष्ठ बुवा आमालाई थर्मस, न्यानो टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले ज्येष्ठ नागरिकलाई वास्तविक सम्मान गरेको खण्डमा मात्र भोलीको पुस्ताले सहि मार्ग लिनसक्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख विष्णुकुमारी कंडेल, समाजसेवी मदनभक्त अधिकारी, टोलनाथ घिमिरेलगायतले शुभकामना मन्तब्य राख्दै सबै नागरिकले आफ्नो घरदेखि नै ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रममा वडा अध्यक्ष नवराज कंडेलको अध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य पार्वती सापकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो । यसैबीच गैंडाकोट ५ का वडा अध्यक्ष कंडेलले ज्येष्ठ नागरिकलाई सामान्य स्वास्थ्य सुविधा घरघरमा पु¥याउने योजना रहेको बताउँदै छिट्टै दिवाकालिन बृद्धाश्रम सञ्चालनमा ल्याउने योजना रहेको बताउनुभयो । 

यसैबीच शनिबार नै ५ दिने उद्घोषणतालिमका सहभागिलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । वडा भित्र गत साता सञ्चालित उद्घोषण तालिमका सहभागि महिलाहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो । टोलविकास संस्थाका पदाधिकारी तथा सदस्यलाई लक्षित गर्दै वडाको सहयोगमा टोलविकास संस्था सञ्जालको संयोजनमा तालिम संचालन भएको थियो । 



No comments:

Post a Comment

Post Bottom Ad