नेपाल सरकारको युवा स्वरोजगार कार्यक्रम नवलपुरको देवचुलीमा प्रभावकारी बन्दै - समृद्धि खबर

Pages

Breaking

Monday, December 9, 2019

नेपाल सरकारको युवा स्वरोजगार कार्यक्रम नवलपुरको देवचुलीमा प्रभावकारी बन्दै


भिम भुसाल, देवचुली, २३ मंसिर ।
नेपाल सरकारको युवा स्वरोजगार परियोजना नवलपुरको देवचुली नगरपालिकामा प्रभावकारी बनेको छ । आर्थिक रुपमा विपन्न तथा स्वरोजगार बन्न चाहाना राखेका युवा ब्यवसायिहरुले सहकारीको माध्यमबाट न्युनतम ब्याजदरमा बिना धितो ऋण प्राप्त गरी ब्यवसाय सञ्चालन गर्दा परियोजना प्रभावकारी बनेको हो ।

देवचुलीको नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्थाले नेपाल सरकारको अर्थ मन्त्रालयअन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको लगानीबाट आफ्ना विपन्न उपभोत्ता सदस्यहरुलाई १० प्रतिशत ब्याजमा रकम उपलब्ध गराई ब्यवसाय सञ्चालन गराई रहेको छ । जसले गर्दा स्थानिय युवाहरु स्वदेशी भूमिमा नै सफल ब्यवसायी बन्न सक्ने भएका छन् ।

 परियोजनाअन्तर्गत छनौटमा परेका युवाहरुले परियोजनाले उपलब्ध गराएको कुल रकमलाई ३ वर्ष ६ महिना भित्र १२ किस्तामा लिएको ऋण चुक्ता गर्नुपर्ने हुन्छ । तोकिएको समयमा लिएको ऋण चुक्ता गर्ने व्यवसायीलाई कुल रकमको ६० प्रतिशत व्याज अनुदान फिर्ता हुने हुँदा पनि युवा स्वरोजगार प्रभावकारी भएको छ ।

परियोजना अन्तगर्तको कर्जा बिमा, पशु चौपाय तथा व्यवसाय र व्यवसाय गर्ने व्यक्तिकोसमेत नेपाल सरकारबाटै जीवन बिमा हुने हुँदा स्वरोजगार बन्न चाहनेको सङ्ख्यामा बृद्धि भएको युवा स्वरोजगार कोष नवलपरासीका सदस्यसचिव प्रितम भुजेलले बताउनुभयो ।

सोमबार नव प्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडअन्तर्गत ऋण लिएर परियोजना सञ्चालन गरेका व्यवसायको अनुगमन गरिएको छ । देवचुली नगरपालिकाको वडा नंं. ९ र १० मा सञ्चालित युवा स्वरोजगार अन्र्तगतको १३ परियोजनाको अनुगमन भएको हो । जसमा किरानापसल, कुखुरापालन, भैसीपालन, मौरीपालन, गाईपालन, ईलेक्ट्रोनिक्स पसललगायतका व्यवसायको अनुगमन भएको थियो ।


अनुगमनमा अनुगमन अधिकृत चण्डीराज नेपाल, स्वरोजगार कोष नवलपरासी सदस्यसचिव प्रितम भुजेल, अस्थाई प्रहरी चांैकी दलदलेका प्रमुख अर्जुन राना, नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुसाल, अध्यक्ष मानसिङ खत्री, उपाध्यक्ष देवेन्द्र भट्टराई, कोषाध्यक्ष राधादेवी न्यौपानेलगायतका सञ्चालक समिति पदाधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।





No comments:

Post a Comment

Post Bottom Ad