पौडेल सेवा समाज गैंडाकोटको अध्यक्षमा धर्मानन्द - समृद्धि खबर

Pages

Breaking

Thursday, December 12, 2019

पौडेल सेवा समाज गैंडाकोटको अध्यक्षमा धर्मानन्द

समृद्धि खबर, गैंडाकोट, २६ मंसिर ।

 पौडेल सेवा समाज गैंडाकोटको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । बिहीबार सम्पन्न तेस्रो अधिवेशनबाट धर्मानन्द पौडेलको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।

 नयाँ समितिको उपाध्यक्षमा केशवहरी पौडेल, सचिवमा गोविन्दप्रसाद पौडेल, कोषाध्यक्ष मनोहरी पौडेल, सहसचिव कृष्णप्रसाद शर्मा पौडेल र सहकोषाध्यक्षमा शिव पौडेल चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा गोविन्दप्रसाद पौडेल, बालकृष्ण पौडेल, जायेश्वर पौडेल, बेदप्रसाद पौडेल, तुलसी शर्मा पौडेल, प्रेमकुमार शर्मा र रुपा पौडेल चयन हुनुभएको छ । 

अधिवेशनले लालमणि पौडेलको संयोजकत्वमा लेखा तथा सुपरीवेक्षण समितिसमेत गठन गरेको छ । जसको सदस्यहरुमा सूर्यकुमारी पौडेल र इन्दिरा शर्मा पौडेल रहनुभएको छ ।

समाजका अध्यक्ष दण्डपाणी पौडेलको अध्यक्षतामा भएको साधारणसभा कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर–प्रमुख छत्रराज पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख पौडेलले पौडेल सेवा समाज गैंडाकोटले समाजमा भातृत्व र एकताको सन्देश दिएको बताउनुभयो ।

साधारणसभामा समाजका सचिव जगन्नाथ उपाध्यायले प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो भने कोषाध्यक्ष लक्ष्मीनारायण पौडेलले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । समाजसेवी लालमणि पौडेलले स्वागत मन्तब्य राखेको कार्यक्रममा जेहान्दार एवं एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान एवं पुरस्कार प्रदान गरिएको थियो ।




No comments:

Post a Comment

Post Bottom Ad