अमरापुरीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा २२० जनाको स्वास्थ्य परिक्षण - समृद्धि खबर

Pages

Breaking

Thursday, December 12, 2019

अमरापुरीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा २२० जनाको स्वास्थ्य परिक्षण

अधिकांश महिलामा पाठेघरको समस्या देखियो :


पूर्णप्रसाद खराल राजन, गैंडाकोट, २७ मंसिर । गैंडाकोट नगरपालिकाको अमरापुरीमा भएको निःशुल्क स्वास्थ्य २२० जनाको स्वास्थय परिक्षण भएको छ । अमरापुरी स्वास्थ्य चौकीमा गैंडाकोट नगरपालिकाको आर्थिक सहयोग तथा नगरभित्रका स्वास्थ्य चौकीहरुका प्राविधिक सहयोगमा बिहीबार भएको शिविरमा २२० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । जसमा १३० जना महिला र ९० जना पुरुषहरुको स्वास्थ्य चेकजाच भएको छ । शिविरमा सहभागिमध्ये ५० जना बृद्धबृद्धा र ५ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको थियो । 


स्वास्थ्य शिविरमा अधिकांश महिलाहरुमा पाठेघरमा समस्या देखिएको थियो भने ज्येष्ठ नागरिकहरुमा मधुमेह र उच्चरक्तचापको समस्या यस्तै बालबालिकामा रुघाखोकी र ज्वरोको समस्या देखापरेको अमरापुरी स्वास्थ्य चौकीका प्रमुख टुकराम सुवेदीले  जानकारी दिनुभएको छ । 

 

महिलाहरुको  पाठेघरमा सामान्य फोकाको देखिने समस्या देखिएको थियो । ६८ जना महिलाहरुको स्त्रीरोग विशेषज्ञ डा. प्रेक्षासिंह ठकुरीले स्वास्थ्य परिक्षण गरेकोमा ५८ जनामा सामान्य पाठेघरमा फोका देखिएको थियो । उनीहरुलाई स्त्रीरोग विशेषज्ञ डा. ठकुरीले औषधी प्रदान गर्नुका साथै सरसफाई गर्नेबारे परामर्श गर्नुभएको थियो । 

 

शिविरमा जनरल फिजिसियन डा. सिताराम न्यौपानेले अन्य बिरामीको चेकजाचँ गर्नुभएको थियो भने गैंडाकोट नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीका प्राविधिकहरुले प्राविधिक सहयोग गर्नुभऐका थियो । शिविरमा ज्येष्ठ नागरिकमा सुगर, प्रेसर यस्तै छालामा दागजन्य सामान्य देखिएको थियो । 

 

उनीहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले परामर्श पछि घर फर्काएको अमरापुरी स्वास्थ्य चौकीका प्रमुख सुवेदीले जानकारी दिनुभएको छ । शिविरमा गैंडाकोट १६ का वडाअध्यक्ष एव अमरापुरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गोर्वद्धन ज्ञवाली ‘गणेश’ को अध्यक्षता रहेको थियो भने गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । 

 

कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले नगरपालिकाभित्र स्वास्थ्यसेवाबाट कुुनैपनि नागरिक बञ्चित नहुँन भन्दै सोही अनुसारको योजना बनाइने बताउनुभएको छ । उहाँले लक्षित कार्यक्रमबाट शिविर गरिएको भन्दै स्वास्थ्यको पहुँचमा नरहेका ज्येष्ठ नागरिक र बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । स्वास्थ्य संवेदनसिल विषय भएकाले नगरपालिकाले महत्वपूर्ण दायित्व निर्वाह गर्ने बताउनुभयो । 

 

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर–स्वास्थ्य प्रमुख एवं जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले स्वागत मन्तब्य राख्दै नगर स्वास्थ्य र नगरपालिकाको सहकार्यमा स्वस्थ गैंडाकोट बन्ने विश्वास व्यक्त गर्नुभयो ।  

 

  


No comments:

Post a Comment

Post Bottom Ad