युवा स्वरोजगार कोषको लगानीको स्थलगत अनुगमन - समृद्धि खबर

Pages

Breaking

Thursday, December 5, 2019

युवा स्वरोजगार कोषको लगानीको स्थलगत अनुगमन

समृद्धि खबर, गैंडाकोट ।


नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा स्वरोजगार कोषको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको प्रथम चरणको थोककर्जा किस्ता वापत्को रकमको अनुगमन गरिएको छ । कोषबाट गैंडाकोट ४ स्थित स्वतन्त्र भुपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई प्राप्त भइ लगानी गरिएको पहिलो किस्ताको २५ लाख रुपैयाँ निकासी भएको रकमको स्थलगत अनुगमन गरिएको युवा स्वरोजगार कोष नवलपरासीका सदस्यसचिव प्रितमकुमार भुजेलले जानकारी दिनुभएको छ । 

अनुगमनका क्रममा सहकारीमार्फत युवाहरुलाई नै निर्धारित मापदण्ड अनुसार नै ऋण लगानी भएको पाइएको छ । सोही क्रममा विभिन्न व्यवसायीले लगानी भएको रकमबाट आफुहरु पूर्णरुपमा लाभान्वित भएको प्रतिक्रिया दिएका थिए । त्यस्तै केहि व्यवसायीले भने लगानी गरिएको रकम न्युन भएकाले यसलाई भारी मात्रामा बृद्धि गर्नुपर्ने मागसमेत गरेका थिए । कोषमार्फत अधिकाशं व्यवसायीलाई ५० हजार देखि अधिकतम् २ लाख रुपैयाँसम्म लगानी गरिएको छ । 

सोही क्रममा बिहीबार सहकारीको प्रभाव क्षेत्र गैंडाकोटको कालिगण्डकी चोकदेखि कांग्रेसचोक, विजयचोक, सुकुम्बासी टोल आसपासमा अनुगमन गरिएको थियो । 

अनुगमनका क्रमा स्वतन्त्र भुपू सैनिक बचत तथा ऋण सहकारी सहकारी संस्थाका अध्यक्ष भुसालसिंह छन्त्याललगायत सहकारीका कार्यसमिति पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 







No comments:

Post a Comment

Post Bottom Ad