अर्गानिक कृषि ग्राम बनाउन कृषि महोत्सब आयोजना - समृद्धि खबर

Pages

Breaking

Monday, December 9, 2019

अर्गानिक कृषि ग्राम बनाउन कृषि महोत्सब आयोजना

समृद्धि खबर, गैंडाकोट ।  

‘हाम्रो देवघाट, समृद्ध देवघाट’ भन्ने मुल नाराको साथ आगामी मसिंर २६ गतेदेखि २८ गतेसम्म देवघाटधाम कृषि तथा सङ्कलन केन्द्रमा कृषि महोत्सब–२०७६ हुनेभएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी अर्गानिक कृषि प्रवद्र्धनका लागी कृषि महोत्सब– २०७६ गर्न लागेको महोत्सबको आयोजक देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभएको हो । गण्डकी प्रदेशको तनहुँ जिल्लाको दक्षिणी भेगमा अवस्थित देवघाट गाउँपालिका वडा नं. ५ को नयाँ वस्तीमा रहेको कृषि सङ्कलन तथा विक्रीकेन्द्रमा महोत्सब हुने आयोजकले जानकारी दिएको हो । 

    स्थानीय कृषि उत्पादन बृद्धि, प्रवर्धन तथा बजारीकरणका लागि महोत्सव आयोजना गरिएको हो । गाउँपालिकालाई आगामी ३ बर्ष भित्रै आर्गनिक कृषि नुमना गाउँपालिका बनाउने तयारीसगैँ पहिलो पटक गाउँपालिकै अगुवाईमा कृषि महोत्सव गर्न लागेको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    कृषिको पकेट क्षेत्रकोरुपमा विकास गर्न देवघाट गाउँपालिकामा उत्पादन हुने फलफुल, तरकारी, दलहन, मसलाजन्य खाद्यान्न बस्तुलगायतलाई प्रर्वद्धन गर्न महोत्सब फलदायी हुने आयोजकको भनाइँ छ । 

जनजाती समुदायको मुख्य बसोबास क्षेत्र रहेकाले विभिन्न जातजातिका भेषभुषा, कला, साहित्य, साङ्गितिक मनोरञ्जनसमेत दर्शकले अवलोक गर्न पाउने आयोजकले व्यवस्था मिलाउने भएको  छ ।  

प्राङ्गारिक कृषि प्रदर्शनी, विभिन्न स्थानीय खानाका परिकार, स्थानीय माछाको प्रदर्शनी, कृषि तथा पशु प्रदर्शनी, रोटे पिङ, कृषि वृत्तचित्र प्रदर्शनी, कृषक र विज्ञबीचको संवाद, वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम र दोहरी प्रतियोगिता महोत्सवको मुख्य आर्कषण बन्ने आयोजकको भनाइ छ । महोत्सवमा स्थानिय कौरा, घाँटु नृत्य र स्वागत सत्कारसहितको होमस्टे सम्बन्धी प्रचारप्रसारसमेत गरिने महोत्सबको सांस्कृतिक कार्यक्रम संयोजक आशिक रानाले जानकारी दिनुभएको छ  ।

५० वटा स्टल रहने महोत्सबमा २० लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ भने महोत्सबले कृषि उत्पादनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । 




No comments:

Post a Comment

Post Bottom Ad