प्रहरीलाई समयमै खबर गर्दा ‘बलि’ बाट जोगिइन्, समातिए गिरोहका ७ सदस्य - समृद्धि खबर

Pages

Breaking

Thursday, December 26, 2019

प्रहरीलाई समयमै खबर गर्दा ‘बलि’ बाट जोगिइन्, समातिए गिरोहका ७ सदस्य

काठमाडौं  ।

‘एउटा राम्रो प्राजेक्टका लागि ६ फिट हाइट भएको मोडल चाहिएको छ । काम गर्ने हो रु’ ब्यूटी कन्टेस्ट हुँदै एकाध म्यूजिक भिडियोमा पनि अभिनय गर्न सुरु गरेकी २१ वर्षीया प्रमिला ९नाम परिवर्तन० लाई दुई साताअघि अफर आयो ।

मोडलिङ क्षेत्रमा भर्खरै प्रवेश गर्दै गरेकी उनका लागि यो अवसर थियो । त्यसमा पनि विराटनगर आउजाउ गर्ने हवाई टिकटसहित ५० हजार रुपैयाँ दिने भनेपछि उनले धेरै सोच्नै परेन ।

सितापाइलाकी प्रेममाया तामाङले प्रमिलाको उचाइ नापेर विराटनगरका उमेश शाहलाई पनि पठाए । ‘केही दिनपछि तिम्रो नाम फाइनल भयो भन्ने खबर आयो’, पीडित युवतीले प्रहरीसँग भनेकी छन् ।

त्यसपछि भने उनलाई नौला प्रश्नहरु सोध्न थालिए । उनी समझदारी पत्रमा हस्ताक्षर गरेर काम अघि बढाउने प्रस्ताव राख्थिन् । कार्यक्रमको ढाँचा माग्थिन् । तामाङको समूहले भने अर्कै प्रश्न गर्थें, ‘मासु खान्छौं रु रक्सी खाने गरेको छौं कि छैनौं रु महिनावारी भएको छ कि छैन रु’

मोडलिङसँग यस्तो प्रश्नको सम्बन्ध नभए पनि उनले जवाफ दिइन् । सांस्कृतिक कार्यक्रम गर्ने र विराटनगरबाट पारि नेपाल(भारत सीमा क्षेत्रमा सुटिङ हुने उनलाई बताइयो ।

सीमा क्षेत्रमा भन्ने वित्तिकै उनी झस्किइन् । फेरि उनलाई पूजा गर्नुपर्ने पनि भनिएको थियो । शंका लागेपछि काठमाडौं प्रहरी परिसर, टेकुमा गएर शुक्रबार मौखिक जानकारी गराइन् ।

प्रहरीको कोभर्ट अपरेशन

प्रमिलाको बयान सुनेपछि प्रहरीलाई पनि आश्चर्य लाग्यो । भारततिर लानुपर्ने, पूजा पाठ र महिनावारीबारे पनि सोध्नु पर्ने कारण के हुनसक्ला रु काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका भन्छन्, ‘सुरुमा हामीलाई ट्रान्स पार्टीका लागि लान खोजिएको हुनसक्छ भन्ने लागेको थियो ।’

तर प्रहरी अधिकृतसँग प्रमाण थिएन । उनीहरु प्रमाणसहित गिरोहका सदस्यलाई समात्न चाहन्थे । त्यसपछि काठमाडौं प्रहरीले एउटा गोप्य अपरेशन चलाउने निर्णय गर्‍यो र प्रमिलालाई साथमा लियो ।

नुवाकोटका कृष्ण तामाङले उनलाई आइतवार विराटनगर आउन भन्दै हवाई टिकट र २६ हजार रुपैयाँ दिए । तर प्रहरीसँग समन्वय भइरहेकाले बहाना बनाएर उनी त्यो दिन उडिनन् ।

सोमबार १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दाङकी दिलकुमारी बुढासँगै विराटनगर गइन् । प्रहरीले टोली पनि त्यही विमानबाट विराटनगर पुग्यो । विराटनगर विमानस्थलमा प्रमिलालाई लिन नवलपरासीका कृष्ण तामाङ र सप्तरीका उमेश शाह पुगिसकेका थिए ।

विमानस्थलबाट प्रमिलालाई जलजला चोकको कालिमन्दिर धर्मशाला लगियो, जहाँ कोठा नं। २०५ र २०६ बुक गरिएको थियो ।

त्यहाँ लगेर कृष्ण र उमेशकेमा समूहले पुनः उचाइ, महिनावारी भएरनभएको जानकारी, घाउचोटको जाँच गर्न थल्यो । युवतीको बयान बमोजिम विराटनगरमा पनि उस्तै प्रश्न सोधिएपछि अपरेशनमा खटिएका अधिकृतहरु पनि झस्किए । त्यसपछि तामाङ र शाह बाहिर गए ।

‘बाहिर गएका बेला उनीहरुले अपरिचित व्यक्तिसँग तान्त्रिक पूजाका लागि सीमापारी लैजाने भनेको सुनियो’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘कुराकानी गर्दै गर्दा सप्तरीका उमेश माझी, सुनसरीका रञ्जितकुमार चौधी र मोरङका दिलिप पोद्दार पनि सँगै थिए ।’

उनीहरुले पूजा सामग्री पनि खरिद गरे । युवतीलाई कपडा किनाउने बहानामा विराटनगरपारि जोगवनी पुर्‍याए । त्यहाँबाट एक घरमा राखेर तान्त्रिक पूजा गराउन लाग्दा उनलाई नेपाली अनुसन्धान अधिकृतको टोलीले पक्राउ गर्‍यो । पीडित र अभियुक्तलाई लिएर टोली काठमाडौं फर्कियो र काठमाडौंमा रहेकी प्रेममायालाई पनि सितापाइलाबाट पक्राउ परिन् ।

५ लाखको प्रलोभनमा बलि चढाउने प्रयास

प्रारम्भिक अनुसन्धानबाट आर्थिक लाभमा परेर ६ जनाले नेपाली युवतीलाई बलि चढाउन खोजेको देखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी बताउँछन् । उनकाअनुसार प्रेममाया र कृष्णलाई युवती मिलाइदिए वापत ५ लाख रुपैयाँ दिने आश्वसन दिइएको थियो ।

अन्यलाई दिने रकम भने खुलेको छैन । घटनाको मुख्य योजनाकार पोद्दार भएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ । पक्राउ परेका मध्ये उमेश जिल्ला प्रहरी कार्यालय, सप्तरीबाट अपहरण, शरीर बन्धक तथा हातहतियार तथा खरखजना मुद्दामा धरौटीमा छुटेका व्यक्ति हुन् ।

उनीहरुको साथबाट नगद १ लाख ९ हजार ५ सय, विभिन्न बैंकको ९ लाख एक हजार रुपैयाँ बराबरको चेक, कालो रङ्गको धागो, गेरु रंगको कपडा र कालो धागोले बाँधेको जाँदीको दुई वटा जन्तर, तान्त्रिक पूजाका सामग्री लगायत बरामद भएको जनाइएको छ ।

अनलाइनखबरबाट

No comments:

Post a Comment

Post Bottom Ad