धुर्मुस–सुन्तली फाउन्डेसनलाई नवलपुरमा भव्य स्वागत - समृद्धि खबर

Pages

Breaking

Sunday, December 22, 2019

धुर्मुस–सुन्तली फाउन्डेसनलाई नवलपुरमा भव्य स्वागत

रंगशाला निर्माणका लागि साढे ३ लाख सहयोग


समृद्धि संवाददाता, गैंडाकोट । धुर्मुस–सुन्तली फाउन्डेसनलाई नवलपुरमा सहयोग प्रदान गरिएको छ । नवलपुरमा आयोजित २ वटा कार्यक्रममा एकैदिन सम्मान र सहयोग प्रदान गरिएको हो । शुक्रबार देवचुली नगरपालिका वडा नं। १६  रजहर स्थित अमर इङ्गलिस स्कुलको रजत महोत्सवको अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सम्मान गर्नुका साथै ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।

 सोही अवसरमा विद्यालयका तर्फबाट एक लाख रुपैयाँ फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई हस्तान्तरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक पदम बरालले १ लाख रुपैयाँको चेक फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गर्नुभएको हो । सोही कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय आमासमूह, सामाजिक संघसंस्थालगायतको पहलमा सङ्कलित  २ लाख रुपैयाँसमेत उहाँलाई हस्तान्तरण गरिएको छ । 

विद्यालयले रजत जयन्तीको अवसरमा चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय रंगशाला निर्माण योजनालाई सफल पार्न सहयोगस्वरुप रकम हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक बरालले जानकारी दिनुभएको छ । नागरिकस्तरबाट बनाउन लागिएको नेपालकै एकमात्र अन्तर्राष्ट्रिय रंगशाला गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गरिएको विद्यालयले जनाएको छ । हस्तान्तरण कार्यक्रमको पूर्व सीताराम कट्टेल धुर्मुसलाई भव्य स्वागत गरिएको थियो । उहाँलाई विद्यालयको परिसरमा फूलमाला, अभिरलगायतले स्वागत गरिएको थियो । उहाँको स्वागतका लागि सयौं स्थानीय तथा विद्यार्थी, शिक्षकहरुले पुष्प वर्षासमेत गरेका थिए ।

विक्रम संवत २०५१ साल पौष ४ गते स्थापना भएको विद्यालयले २५ वर्ष प्रवेशको अवसरमा विभिन्न कार्यक्रम गरी रजत जयन्ती समारोहको शुक्रबार समापन गरेको थियो । विद्यालयले रजत जयन्तीका अवसर पारेर यही मंसिर ३० गतेदेखि पौष ४ गतेसम्म विभिन्न कार्यक्रम गर्दै आइरहेको थियो । जसअन्तर्गत खुल्ला रक्तदान कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान, नृत्य प्रतियोगिता, साहित्यक कार्यक्रमलगायत भएका थिए । 

रजत जयन्तीको समापनका अवसरमा विद्यालयका संस्थापक एवं हालका प्रधानाध्यापक पदम बरालका स्वर्गीय बुबाआमा चुणामणि बराल र लिलावती बरालको स्मृतिमा देवचुली माध्यमिक विद्यालयमा १ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोषसमेत स्थापना गरिएको छ । प्रधानाध्यापक बरालले देवचुली मावि रजहरका अध्यक्ष सूर्यप्रसाद न्यौपानेलाई अक्षयकोषको रकम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा धुर्मुसका हातबाट विद्यालयमा लामो समय सेवा गर्ने १३ जना शिक्षक, कर्मचारीलाई सम्मानसमेत गरिएको थियो । यस्तै गरी विद्यालयले आयोजना गरेका विभिन्न कार्यक्रम र खेलकुद प्रतियोगिताका विजयी छात्र–छात्रा एवं अन्य व्यक्तित्वलाई पुरस्कृत समेत गरिएको थियो ।



कार्यक्रममा बोल्दै सीताराम कट्टेल धुर्मुसले इमान्दारीपुर्वक गरेको कर्मले जीवनमा खुसी मिल्ने भन्दै मुलुकले गर्व गर्न लायक कामको सुरुवात् गरिएको भन्दै यो नागरिक अभियान भएकाले यसको पूर्णता दिनु सबैको दायित्व भएको भन्दै सहयोगका लागि सबैमा आग्रह गर्नुभएको थियो  । यसैबीच उहाँले रजहर स्थित अमर इङ्गलिस स्कुललगायत यहाँका सहयोगी सबै संघसंस्था, शिक्षक विद्यार्थी एवं सबै सामाजिक संघ संस्थालाई आभार प्रकट गर्नुभएको थियो । सो कार्यक्रममा देवचुली नगरपालिका वडा नं। १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्री, देवचुली माविका अध्यक्ष सूर्यप्रसाद न्यौपाने, धुसेरी सामुदायिक वन समूहका अध्यक्ष लोकबहादुर केसीलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक पदम बरालले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।







यस्तैगरी गैंडाकोट वडा नं, ५ स्थित सहमती संस्थालेसमेत धुरमुुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुन्जना घिमिरे सुन्तलीलाई सम्मान गरिएको छ । शुक्रबार संस्थाका परिसरमा आयोजित संस्थाको १८ औं वार्षिकोत्सब एवं २१ औं  साधारणसभाका बीच धुरमुस सुन्तलीलाई सम्मान गरिएको हो । उहाँहरुलाई संस्थाले ३–३ वर्षमा प्रदान गर्ने सहमति राष्ट्रिय पुरस्कारबाट सम्मानीत गरेको हो । धुर्मुस सुन्तलिले सामाजिक रुपान्तरणको अभियानमा लागेर समाजलाई उत्लेख्य योगदान दिएको भन्दै सम्मान गरिएको संस्थाका अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभएको छ । विशेषगरी २०७२ सालमा गएको विनाशकारी महाभुकम्प पश्चात बाडी पीडितका लागि निर्मित एकीकृत नमुना सन्तपुर मुसहर बस्ती निर्माण एवं मुलुकको एकमात्र क्रिकेट रंगशाला गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको महाअभियानमा लाग्दै समाजलाई एकीकृत गर्ने अभियानमा लागेको भन्दै संस्थाका सम्मान गरेको अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ । कार्यक्रममा उहाँहरुलाई २५–२५ हजार रुपैयाँ राशी सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सांसद् कृष्णचन्द्र नेपालीले दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो । 






सम्मान ग्रहणपछि बोल्दै सम्मानीत व्यक्तित्व सिताराम कट्टेल धुरमुसले समाजलाई एकीकृत गर्ने अभियानमा आफु लागेको भन्दै सबै नेपालीको आपसी सहमतिबाट मात्र देशको विकास सम्भव रहेको भन्दै विकास र समृद्धिको सबालमा सबै एकजुट हुन आग्रह गर्नुभएको थियो । समुदाय र मानवताको विकासका लागि प्रतिबद्ध संस्था सहमतिले विभिन्न सामाजिक गतिविधी गर्दै मध्यनेपालका १३ लाख जनसंख्यालाई लाभान्वित पारिसकेको छ । सोही कार्यक्रममा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरु, कर्मचारीहरुलगायतलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सांसद् नेपालीले समाजमा पारदशीता र इमान्दारिता भएमा साधन र स्रोतको कुनै अभाव नरहने बताउनुभयो । 



      कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेल, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नगर अध्यक्ष षडानन्द लामिछाने, नेपाली काङ्ग्रेस नगर सभापति तारापति खरेल, साझेदार संस्था लुथरन वल्र्ड रिलिफका कार्यक्रम निर्देशक नारायण ज्ञवाली, जिल्ला सहकारी संघका अध्यक्ष केशवप्रसाद सापकोटालगायतले शुभकामना व्यक्त गर्दै सहमती संस्थाले समाज रुपान्तरणमा योगदान दिंदै आएको भन्दै प्रशंसा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका महासचिव नगेन्द्रप्रसाद रिजालले प्रगति प्रतिवेदन पेस गरेको कार्यक्रममा कोषाध्यक्ष वेलप्रसाद पौडेलले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । सहमती संस्थाका सचिव तारा शर्माले स्वागत गर्नुभएको कार्यक्रम संस्थाका उपाध्यक्ष लक्ष्मी भट्टराईले सहजीकरण गर्नुभएको थियो ।





No comments:

Post a Comment

Post Bottom Ad