फलफुल तरकारी एवम् कृषि सम्बन्धि प्रशिक्षण - समृद्धि खबर

Pages

Breaking

Sunday, December 15, 2019

फलफुल तरकारी एवम् कृषि सम्बन्धि प्रशिक्षण

नवलपुर, २९  मंसिर।

नयाँ कृषि अभियान कृषि सहकारी सस्था लिमिटेडले कृषकहरुलाई व्यवसायिक बनाउनको लागि विभिन्न तालिम सुरु गरेको छ । कृषकको फलफुल एवम् तरकारीमा आउने समस्या बारे छलफल र जानकारी गराउने उदेश्यले मंसिर २१ प्रत्येक हप्ताको शनिवार कृषकलाई तालिम प्रदान गरिएको अध्यक्ष ढकबाहादुर कार्किले जानकारी दिनु भएको छ । 

 शनिवार पनि फलफुल तरकारी एवम् कृषि सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम गैँडाकोट ८ गैँडाकोट कृषि उपज संकलन तथा विक्रि केन्दमा सम्पन्न गरिएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै बरिष्ठ कृषि अर्थ विज्ञ एवम् बजार माहाशाखा प्रमुख तथा नेपाल सरकारका उप सचिव भानुभक्त भट्राइले रोग किराको नियन्त्रण सगै प्रांगारिक मलको बढि प्रयोग गरि गरिएको फलफुल तथा तरकारी खेतिबाट बढि उत्पादन लिन सकिने बताउनु भयो ।

 किराको नियन्त्रण अर्गानिक तवरले गाई भैसिको पिसाब, मानिसको पिसाब बाट गर्न सकिने बताउनु भयो ।  कृषि क्षेत्रमा गर्न सकेमा निकै लाभ लिन सकिने र सरकारले पनि अनुदानको व्यवस्था गरेको जानकारी दिदै युवा वर्ग लाई यस क्षेत्रमा व्यवसायिक बन्न प्रेरित गराउनु पर्ने बताउनु भयो ।

 प्रशिक्षण कार्यक्रमा विभिन्न कृषि समुहका करिब ४० जना किसानको सहभागिता रहेको थियो । किसाने आफुले गरिरहेको च्याउ खेति, फलफुल अन्तर्गत आप, मेवा, कागति खेति बारे जिज्ञासा र आएका समस्या राखेका थिए । 
कृषि उपज संकलन तथा विक्रि केन्द्रका अध्यक्ष यदुनाथ सिक्देलले अव तरकारीलाई बजारको उपलव्धता संगै उत्पादनमा किसानलाई सहयोग गर्दै केन्द्र अगाडि बढ्ने बताउनु भयो । सल्लाहाकार संयोजक भोजराज भट्राईले किसान चौतारिको उपयोग गर्न आग्रह गर्नु भयो ।

  कार्यक्रमको सहजिकरण नयाँ कृषि अभियान कृषि सहकारी सस्था लिमिटेडका सचिव बेद प्रसाद काफ्लेले गर्नु भएको थियो । फलफुल तथा तरकारी मुल्य श्रृखला विकास आयोजना ललितपुर र गैँडाकोट नगरपालिकाको सहयोगमा गरिएको प्रशिक्ष्ाँण कार्यक्रम यदुनाथ सिक्देलको संयोजकत्वमा सकिएको थियो । 

No comments:

Post a Comment

Post Bottom Ad