तरबार प्रहार गर्ने अमरापुरीका ठकुरी पक्राउ - समृद्धि खबर

Pages

Breaking

Monday, December 2, 2019

तरबार प्रहार गर्ने अमरापुरीका ठकुरी पक्राउ

नवलपुर, १६ मंसिर ।

अन्धधुन्द तरबार चलाउदै मानिस तर्साउदै हिड्ने गैडाकोट नगरपालिका वडा नं १६ बस्ने दिप्सन मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

 इलाका प्रहरी गैडाकोटका प्रहरी निरिक्षक दिपक कार्कीले २० वर्षिय ठकुरीलाई  पक्राउ गरेको जानकारी दिनु भयो । ठकुरीलाई ज्यान मार्ने उद्योगमा मुद्धा चलाइएको उहाँले बताउनु भयो ।  

ठकुरीले मादक पदार्थ सेवन गरी तरवार लिई गाँऊ घरमा अशान्ती मच्चाई रहेको अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए ।

  करिब ४ फिट अग्लाले तरवार प्रहार गर्दै हिडिरहेको अवस्थामा स्थानियले खवर गरेपछि प्रहरी पोष्ट वेल्हियाबाट तत्काल प्रहरी टोली गई ठकुरीलाई नियन्त्रणमा लिईएको थियो ।  

No comments:

Post a Comment

Post Bottom Ad