सितलहरले नवलपुर सगै देशभर चिसो बढ्यो, काठमाण्डौको न्यूनतम तापक्रम ३.७ डिग्री - समृद्धि खबर

Pages

Breaking

Friday, December 20, 2019

सितलहरले नवलपुर सगै देशभर चिसो बढ्यो, काठमाण्डौको न्यूनतम तापक्रम ३.७ डिग्री

गैँडाकोट । 

देशभर चिसो ह्वात्तै बढेको छ । वर्षा र हिमपात रोकिएपछि चिसो झन् बढेको हो । चिसोसंगै हावासमेत चल्दा गैँडाकोटमा मानिसको चहलपहल समेत घटेको छ । चिसोबाट बृद्धबृद्धा, बालबालिकाको विशेष ख्याल गर्न र तातो सुप एवम् न्यानो लुगा लगाउन चिकित्सकले आग्रह गरेका छन् । 

काठमाण्डौ उपत्यका र तराईसहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । 

तराईमा मंगलबार बिहानदेखि लागेको हुस्सु नहट्दा र देशका अरु ठाउँमा पनि बिहानपख बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ ।

यस वर्ष न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको काठमाडौंमा बुधबार बिहान ३.७ मापन भएको हो ।
चितवनमा पनि  हुस्सुसँगै बजारमा पनि चहलपहल कम हुँदै गएको छ ।




No comments:

Post a Comment

Post Bottom Ad