विश्व मानव अधिकार दिवस नवलपुरको गैंडाकोटमा मनाइयो - समृद्धि खबर

Pages

Breaking

Tuesday, December 10, 2019

विश्व मानव अधिकार दिवस नवलपुरको गैंडाकोटमा मनाइयो

गैंडाकोट, २४ मंसिर ।

७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज नवलपरासी बर्दघाट सुस्ता–पूर्वले आज (मंगलबार) नवलपुरको गैंडाकोटमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।

 मानब अधिकार तथा शान्ति समाजका अध्यक्ष माधबप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मानव अधिकार आयोग केन्द्रिय सचिब श्यामसुन्दर पराजुली प्रमुख अतिथि रहनुभएको थियो भने पुर्व जिल्ला संयोजक रामहरी अधिकारी सराह, पुर्व केन्द्रिय सचिब राजेन्द्र पौडेललगायत सुरेन्द्रराज अधिकारी, रामप्रसाद पराजुली, रन्जिता आचार्यलगायत मानव अधिकार क्षेत्रमा काम गर्ने विभिन्न व्याक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय सचिव श्यामसुन्दर पराजुलीले मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनलगायतमा ठोस योगदानको लागि संविधानले राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक निकायको व्यवस्था गरी मानव अधिकार संस्कृतिमा जोड दिनुपर्ने धारणा राख्नुभएको थियो ।

कोणसभा कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज नवलपुरका संयोजक रामहरि अधिकारी सराहले मानव अधिकारको सम्मान, संरक्षण, संम्बद्र्धन र संविधानको मर्मअनुसार प्रभावकारी कानुनको कार्यान्वयन गर्दै छिमेकीले हडपेको भूमि फिर्ता गर्न सरकार प्रतिबद्ध रहनुपर्ने बताउनुभयो ।

मानव अधिकारको संरक्षण, सम्बद्र्धन तथा मानव अधिकार संस्कृतिको विकासमा सहयोग र प्रतिबद्धता जनाउने र छिमेकी देशले आफ्नो नक्सामा नेपालका केही भूमिलाई समेटेकोमा खेद प्रकट गर्नका निमित्त पनि कार्यक्रम गरिएको मानव अधिकारकर्मी भानु रिमालले जानकारी दिनुभएको छ ।





No comments:

Post a Comment

Post Bottom Ad