बृद्धबृद्धा संरक्षण मञ्च गैंडाकोटद्वारा विपन्न, असहय ज्येष्ठ नागरिकलाई ज्याकेट प्रदान - समृद्धि खबर

Pages

Breaking

Monday, December 16, 2019

बृद्धबृद्धा संरक्षण मञ्च गैंडाकोटद्वारा विपन्न, असहय ज्येष्ठ नागरिकलाई ज्याकेट प्रदान

समृद्धि खबर / भोज विवश, 

गैंडाकोट, ३० मंसिर ।  बृद्धबृद्धा संरक्षण मञ्च गैंडाकोटले विपन्न, असहय रहेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।  मञ्चले सोमबार गैंडाकोट वडा नंं. ३ स्थित हर्दि, केलादी, भतेरी र बेलटारका ४२ जना विपन्न, असहय ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको मञ्चका अध्यक्ष दण्डपानी सिग्देलले जानकारी दिनुभएको छ । 

 आर्थिक अवस्था कमजोर रहेका ज्येष्ठ नागरिकहरुलाई मध्यनजर गरी ४२- जना बृद्धबृद्धालाई न्यानो कपडा ज्याकेट एक-एक थान उपलब्ध गराएको मञ्चका अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । मञ्चको वार्षिक कार्यक्रमअन्तर्गत हरेक वर्ष न्यानो कपडा वितरण गर्दै आएकोमा यस वर्ष पनि विपन्न, असहय बृद्धबृद्धालाई सहयोगस्वरुप न्यानो लुगा प्रदान गरिएको मञ्चका सचिव लक्ष्मि भट्टराईले जानकारी दिनुभएको छ । 

कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नंं. ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले ज्येष्ठ नागरिकलाई हस्तान्तरण गर्नुभयो । वडाको हर्दि, केलादी, भतेरी र बेलटारका ज्येष्ठ नगारिकलाई न्यानो कपडा वितरण गरिएको छ ।

 कार्यक्रममा बोल्दै वडा अध्यक्ष तिवारीले मञ्चले प्रशंसनीय कार्य गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । विक्रम संवत २०७० असोज १३ गते स्थापना भएको संस्थाले विभिन्न खाले सामाजिक कार्य गर्दै आइरहेको छ । 

बृद्धबृद्धा संरक्षण मञ्च गैंडाकोट का अध्यक्ष दण्डपानी सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष शिवकान्त तिवारी प्रमुख अतिथि रहनुभएको थियो । न्यानो कपडा वितरण कार्यक्रमका संयोजक काशिनाथ कंडेलले स्वागत मन्तब्य राखेको कार्यक्रमको मञ्चका सचिव लक्ष्मि भट्टराईले सहजीकरण गर्नूभएको थियो ।
समृद्धि खबर ÷ भोज विवश, गैंडाकोट, ३० मंसिर । 
बृद्धबृद्धा संरक्षण मञ्च गैंडाकोटले विपन्न, असहय रहेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । मञ्चले सोमबार गैंडाकोट वडा नंं. ३ स्थित हर्दि, केलादी, भतेरी र बेलटारका ४२ जना विपन्न, असहय ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको मञ्चका अध्यक्ष दण्डपानी सिग्देलले जानकारी दिनुभएको छ । 

आर्थिक अवस्था कमजोर रहेका ज्येष्ठ नागरिकहरुलाई मध्यनजर गरी  ४२ जना बृद्धबृद्धालाई न्यानो कपडा ज्याकेट एक एक थान उपलब्ध गराएको मञ्चका अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । मञ्चको वार्षिक कार्यक्रमअन्तर्गत हरेक वर्ष न्यानो कपडा वितरण गर्दै आएकोमा यस वर्ष पनि विपन्न, असहय बृद्धबृद्धालाई सहयोगस्वरुप न्यानो लुगा प्रदान गरिएको मञ्चका सचिव लक्ष्मि भट्टराईले जानकारी दिनुभएको छ । 

 कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नंं. ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले ज्येष्ठ नागरिकलाई हस्तान्तरण गर्नुभयो । वडाको हर्दि, केलादी,भतेरी र बेलटारका ज्येष्ठ नगारिकलाई न्यानो कपडा वितरण गरिएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष तिवारीले मञ्चले प्रशंसनीय कार्य गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । 

विक्रम संवत २०७० असोज १३ गते स्थापना भएको संस्थाले विभिन्न खाले सामाजिक कार्य गर्दै आइरहेको छ । बृद्धबृद्धा संरक्षण मञ्च गैंडाकोट का अध्यक्ष दण्डपानी सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष शिवकान्त तिवारी प्रमुख अतिथि रहनुभएको थियो । 

न्यानो कपडा वितरण कार्यक्रमका संयोजक काशिनाथ कंडेलले स्वागत मन्तब्य राखेको कार्यक्रमको मञ्चका सचिव लक्ष्मि भट्टराईले सहजीकरण गर्नूभएको थियो । 

No comments:

Post a Comment

Post Bottom Ad