कृषिमन्त्री थापाद्वारा गैँडाकोट कृषि उपज सङ्कलन तथा विक्रीकेन्द्रको अवलोकन - समृद्धि खबर

Pages

Breaking

Saturday, December 14, 2019

कृषिमन्त्री थापाद्वारा गैँडाकोट कृषि उपज सङ्कलन तथा विक्रीकेन्द्रको अवलोकन


समृद्धि खबर, नवलपुर । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि लेखबहादुर थापाले पूर्वी नवलपरासीको गैँडाकोट ८ स्थित गैँडाकोट कृषि उपज सङ्कलन तथा विक्रीकेन्द्रको अवलोकन गर्नुभएको छ ।

 गण्डकी प्रदेसका कृषिमन्त्री थापाले शुक्रबार केन्द्रको अवलोकन गर्दै बजार बिस्तारमा आफुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । केन्द्रलाई गण्डकी प्रदेशकै नमुना बजार बनाउन आफुले सबै आवश्यक सहयोग गर्ने भन्दै यसको व्यवस्थापन पक्षका लागि अगाडि बढाउन सहकारीका सञ्चालकलाई आग्रह गर्नुभयो ।

 केन्द्रको बारेमा अध्यक्ष यदुनाथ सिग्देलले जानकारी गराउनुभएको थियो । सिग्देलले बजार निर्माणमा पहिलो चरणमा ४९ लाख ६८ हजार खर्च भइसकेको र अहिले नयाँ कृषि अभियान कृषि सहकारी संस्थाले ऋणमा दिएको ३५ लाख १३ प्रतिशत व्याजमा निमाण कार्य चलिरहेको जानकारी दिनुभयो ।

केन्द्र निर्माण सम्पन्न गर्न करिब १ करोडको आवश्यता रहेको अध्यक्ष सिग्देलले बताउनुभयो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला नवलपुरका सचिव मित्रशरण शर्मा अवलोकमा सहभागी बन्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिव पौडेलले गर्नु भयो ।




No comments:

Post a Comment

Post Bottom Ad