बास नवलपुरद्धारा भष्टाचार विरुद्धमा नेपाल माविका शिक्षक एवम् विद्याथीलाई अभिमुखिकरण, कसैलाई घुस नदिने विद्यार्थीको प्रतिवद्धता - समृद्धि खबर

Pages

Breaking

Monday, December 9, 2019

बास नवलपुरद्धारा भष्टाचार विरुद्धमा नेपाल माविका शिक्षक एवम् विद्याथीलाई अभिमुखिकरण, कसैलाई घुस नदिने विद्यार्थीको प्रतिवद्धता

नवलपुर, २३ मंसिर ।
बास नवलपुर शाखाले आज सोमबार  भष्टाचार विरुद्धको  अन्तराष्ट्रिय दिवसको अवसरमा शिक्षक एवम् विद्यार्थी विच अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल नमुना माध्यमिक विद्यालय केउरेनीका विद्यार्थी र शिक्षक विच गरिएको अभिमुखिकरण कार्यक्रममा विद्यार्थीले कसैले कुनै काम गरिदिन घुस मागे नदिने प्रतिवद्धता जनाएका छन् ।

 विद्यार्थीले  विद्यालय तथा अन्य सेवा दिने स्थान वा कार्यालयमा काम पर्दा कसैले घुस मागे नदिने बरु घुस मागेका जानकारी पाए उजुरी गर्ने बताएका हुन् । अभिमुखिकरण कार्यक्रममा बास नवलपुरका उपाध्यक्ष बेदप्रसाद काफ्लेले के गर्दा भष्टाचार हुन्छ, कस्तो अवस्थामा क कसले घुस माग्न सक्छन्, घुस मागेको अवस्थामा काहाँ कसलाई उजुरी गर्ने भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।

 उपाध्यक्ष काफ्लेले कुनै पनि सामान किने पछि बिल लिने बानि बसाल्नु पर्ने, कार्यालयमा शुल्क बुझाए पछि पनि बिल लिनु पर्ने बताउनुभयो । भष्टाचार आफुले पनि नगर्ने र गरेको थाहाँ पाए उजुरी गरिहाल्ने बानिको विकास गर्न सके मात्र भष्टाचार नियन्त्रण गर्न सकिने बताउनुभयो ।

 उपाध्यक्ष काफ्लेले यसबारे आफ्ना अभिभावकलाई समेत जानकारी गराउन विद्यार्थीलाई आग्रह गर्नु भयो । यस्तै कार्यक्रमका प्रमुख अतिथी नेपाल नमुना माध्यमिक विद्यालय केउरेनीका प्रधानाध्यापक शिवप्रसाद देवकोटाले विद्यालयमा कुनै खालको भष्टाचार हुन नदिने बताउनुभयो । 

कार्यक्रममा केन्द्रिय सदस्य यदुनाथ सिक्देलले विद्यार्थी स्तरबाट भष्टाचार अन्त्यको लागि पहल हुन सके नियन्यन्त्रण छिटो गर्न सकिने भएकाले विद्यार्थी सचेत हुनु पर्ने बताउनुभयो ।  सिक्देलले भष्टाचार भएको थाहा पाए बास नवलपुरमा उजुरी दिन सकिने जानकारी गराउनु भएको थियो । बास नवलपुरले नियमित कार्यक्रम अन्तर्गत देवचुली नगरपालिकामा कार्यक्रम गरेको सचिव तेजेन्द्र रानाले जानकारी दिनुभयो । रानाले अभिमुखीकरण कार्यक्रमपछि बिद्यार्थी र शिक्षकहरुले भ्रष्टाचार विरुद्ध सामुहिक प्रतिबद्धता जनाएर हस्ताक्षर गरेको जानकारी दिनुभयो ।

 बालबालिका अभियन्ता दिपक शर्मा, राजु चापागाई, नयाँ कृषि अभियान कृषि सहकारी सस्था लिमिटेटका अध्यक्ष ढकबहादुर कार्किलगायतको उपस्थीति रहेको थियो । कार्यक्रमको सहजिकरण बास नवलपुरका सचिब तेजेन्द्र राना मगरले गर्नुभयो ।  कार्यक्रम बास नवलपुरको आयोजना तथा नेपाल माविको समन्वयनमा गरिएको थियो ।


No comments:

Post a Comment

Post Bottom Ad