किसान साकोस् सहकारीको विश्वविद्यालय ः नेफ्स्कुन प्रदेश संयोजक गुरुङ - समृद्धि खबर

Pages

Breaking

Wednesday, December 11, 2019

किसान साकोस् सहकारीको विश्वविद्यालय ः नेफ्स्कुन प्रदेश संयोजक गुरुङ

किसान बचत तथा ऋण सहकारी संस्थामा पुनः चालिसेको नेतृत्व 



पूर्णप्रसाद खराल राजन,  गैंडाकोट, २५ मंसिर ।  किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः श्रीहरि चालिसे चयन हुनुभएको छ । सहकारीको २४ औं साधारणसभा तथा ११ औं नेतृत्व चयन कार्यक्रमबाट चालिसेको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।


४ वर्षे कार्यकालका लागि बनेको नयाँ समितिको उपाध्यक्षमा भोजराज पौडेल, सचिव अनिल सापकोटा, कोषाध्यक्ष प्रेम सापकोटा, सहसचिव सरस्वती कंडेल चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा गोपालप्रसाद गौतम, तिलकप्रसाद पराजुली, रेशमलाल सापकोटा, राजेन्द्र गौतम, पशुपति पोख्रेल, रामकृष्ण पौडेल, पवित्रा भुषाल, धनञ्जय शर्मा, ठाकुरप्रसाद पाण्डे, दुर्गाप्रसाद चालिसे, बालु पुरी, पार्वतीकुमारी बराल, पार्वती ज्ञवाली र मिनाकुमारी रायमाझी चयन हनुभएको निर्वाचन समितिका संयोजक रमेश काफ्लेले जानकारी दिनुभएको छ । यस्तै चिन्तामणी कंडेल (सीआर) को संयोजकत्वमा ३ सदस्यीय लेखा समितिसमेत चयन भएको छ जसको सदस्यहरुमा विष्णुप्रसाद सापकोटा, बुद्धिप्रसाद पोख्रेल रहनुभएको छ । नयाँ समितिले आजै पदभार ग्रहण गनुका साथै सपथग्रहण समेत गरिएको छ ।

सहकारीले गत मंसिर १४ गते देखि १८ गतेसम्म सबै सेवाकेन्द्रमा क्षेत्रीय रुपमा साधारणसभा सञ्चालन गरेको थियो भने केन्द्रिय कार्यालयको नेतृत्व चयन कार्यक्रम यहि मंसिर २२ र २३ गते सञ्चालन गरेको थियो । सोहीक्रममा निर्वाचनको प्रक्रिया अघि बढेपनि सहकारी विभागको नीति र विधि अनुरुप आज (बुधबार) गैंडाकोटमा भब्य समारोहको आयोजना गरी नयाँ समितिको नामावली सार्वजनिकसँगै सपथग्रहण तथा पदभार ग्रहण गरिएको हो ।

५० हजार बढि सेयर सदस्य रहेको सहकारीले मंसिर १८ भित्रै १५ वटा सेवाकेन्द्रका छुट्टाछुुट्टै साधारणसभा सञ्चालन गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा (नविन)ले जानकारी दिनुभएको छ । प्रमुख कार्यकारी सापकोटाले सहकारी नीति, विधि र प्रविधियुक्त बन्दै सेयर सदस्यका सेवा सुविधा प्रति तत्पर रहेको धारणा बताउनुभएको छ ।

सहकारीका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका सञ्चालक एवं नेफ्स्कुन गण्डकी प्रदेशका संयोजक भिम गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले किसान सहकारी एउटा विश्वविद्यालय भएको भन्दै देशैभरका सहकारीकर्मीहरुले यसबाट सिक्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेश भित्रका सहकारीलाई किसानले सिकाउने गहन कार्य गर्नसमेत संयोजक गुङको आग्रह थियो ।

फरक प्रसंगमा उहाँले नेफ्स्कुनमा किसान जस्तो सहकारीको विश्वविद्यालयले नेतृत्व लिनुपर्ने आवश्कता औंल्याउनुभयो । सानोरुपबाट स्थापित किसान सहकारी आज देशकै सहकारी एकिकरण र सहकारीताका सबालमा नेतृत्व गरिरहेको भन्दै संस्थालाई आभार प्रकटसमेत गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक भरतप्रसाद दवाडीले मन्तव्य राख्दै सहकारीको इतिहासमै आजको दिन गौरबपूर्ण दिन रहेको भन्दै कोशेढुंगा सावित हुने बताउनुभयो । उहाँँले सहकारीको इतिहासमा यसलाई रोचक दिनका रुपमा लिदैं किसान साकोस् अहिले विशाल र अब्बल बन्दै गइरहेको र सिकाइको केन्द्रको रुपमा रहने बताउनुभयो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष माधवप्रसाद गौतमले एउटा गाउँको गर्जो टार्न स्थापीत गरेको सहकारीले आज देशकै नेतृत्व गर्न सकिरहेको भन्दै सबै सहकारीकर्मीलाई आभार दिनुभयो । उहाँले बिगतमा बैंकमा दात देखाउन नपरोस् भन्दै स्थापना गरेको स्मरण गर्दै हिजोको सानो किसान आज यस अवस्थामा पुगेकोभन्दै खुसी प्रकट गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दैं गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारीका अध्यक्ष देवराज पौडेलले सहकारीहरु एकजुट भइ सहकारिताको माध्यमबाट समाज रुपान्तरणमा लाग्न आवश्यकता औंल्याउनुभयो ।



"यसैबीच नवनिर्वाचित अध्यक्ष श्रीहरि चालिसेले अबको कार्यकालमा आफ्नो नेतृत्वको कार्यसमितिले आजको १ अर्ब ६६ करोडको पुँजीलाई बढाएर ५ अर्ब पु¥याउने यस्तै सेयर सदस्य ५० हजार सङ्ख्याबाट बढाएर १ लाख सेयर सदस्य पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले छिट्टै सहकारी एकीकरणको सङ्ख्यासमेत २५ वटा बनाएर आगामी वर्ष भव्यरुपमा सहकारीले रजत जयन्ती मनाउने बताउनुभएको छ । सहकारीलाई नीति , विधि र प्रबिधियुक्त बनाउँदै सेयर सदस्यको भावना अनुरुप अघि बढ्ने उहाँको प्रतिबिद्धता थियो । "

कार्यक्रममा वर्षभरि सहकारीका विभिन्न विद्यामा उत्कृष्ट सेवाकेन्द्र तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । सोहीक्रममा अरुणखोला सेवाकेन्द्रले उत्कृष्ट सेवाकेन्द्र सहित धेरै विद्यामा पुरस्कृत भएको छ । यस्तै कर्मचारीतर्फ माधव वन उत्कृष्ट वर्ष कर्मचारीबाट सम्मानीत हुनुभएको छ । यस्तै उत्कृष्ट सेवाकेन्द्र संयोजकबाट अर्जुन खनाल सम्मानीत हुनुभएको छ । यस्तैगरी संस्थाद्धारा सञ्चालित लघुवित्त कार्यक्रममा विशेष योगदान दिनुहुने लघुवित्त प्रमुख प्रेमप्रसाद अधिकारी सम्मानीत हुनुभएको सहकारीले जनाएको छ । सहकारीले १ दर्जनभन्दा बढि विद्यामा बुधबार सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

कार्यक्रममा स्थानीय क्षेत्रका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, सहकारीका विभिन्न उपसमिति सदस्य, सहकारीका सेयर सदस्य एवं सरोकारवालाको उपस्थिति रहेको थियो  । सहकारीका उपाध्यक्ष भोजराज पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव अनिल सापकोटाले गर्नुभएको थियो ।




No comments:

Post a Comment

Post Bottom Ad