लागू औषध सहित गैँडाकोटका २ युवक पक्राउ - समृद्धि खबर

Pages

Breaking

Sunday, December 1, 2019

लागू औषध सहित गैँडाकोटका २ युवक पक्राउ

नवलपुर, १६ मंसिर।

गैँडाकोट नगरपालिका वडा ८ र ५ बाट लागु औषध सहित २ युवा पक्राउ परेका छन् ।  प्रहरीले आइतबार साँझ दुई जना लागूऔषधका डिलरलाई पक्राउ परेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिनु भयो ।

पक्राउ पर्नेमा गैडाकोट ८ बस्ने अशोक लामा र गैडाकोट ५ बस्ने सोम गुरुङलाई पक्राउ परेका हुन् ।  खानतलासी गर्ने क्रममा लागूऔषध नोफिन, डाईजेपाम र फेनारगन गरी ८४ एम्पुल लागु औषध बरामद गरेको कार्कीले जानकारी दिनु भयो ।

पक्राउ परेका दुबैलाई हाल प्रहरी हिरासतमा राखी थप अनुसन्धान भैरहेको छ ।  लागूऔषध ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भएको गैँडाकोट प्रहरीले जनाएको छ ।



No comments:

Post a Comment

Post Bottom Ad