प्राज्ञिकद्वारा रजतजयन्ती वर्षको स्वागत / गैंडाकोटमा बृहत रक्तदान कार्यक्रम - समृद्धि खबर

Pages

Breaking

Tuesday, December 10, 2019

प्राज्ञिकद्वारा रजतजयन्ती वर्षको स्वागत / गैंडाकोटमा बृहत रक्तदान कार्यक्रम

पूर्णप्रसाद खराल राजन,

 गैंडाकोट, २५ मंसिर ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपालको स्थापना दिवस तथा रजत जयन्ती वर्षको स्वागतार्थ बृहत रक्तदान कार्यक्रम गैंडाकोटमा गरेको छ । दिवस कै अवसर पारेर देशभरका २५ केन्द्रहरुमा एकैसात बृहत रक्तदान कार्यक्रमसमेत गरिएको छ । जसबाट ९०० युनिट रगत सङ्कलन भएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालका सचिव शितराज न्यौपानेले जानकारी दिनुभएको छ । 

सोहीअन्तर्गत चितवनको भरतपुरस्थित विरेन्द्र बहुमुखि क्याम्पस, त्रिभुवन विश्वविद्यालय किर्तिपुर, काठमाडौंको ज्ञानेश्वर, बिराटनगर, जनकपुर, बर्दिवास, वीरगंज, भैरहवा, बुटवल, वीरन्द्रनगर, घोराही, पाल्पा, सुर्खेत, जुम्लालगायतका परिषद्का इकाईमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएका छन् । 

यसैबीच गैंडाकोटमा भएको बृहत रक्तदान कार्यक्रममा ६ महिलासहित २३ जनाले रक्तदात गरेका छन् । विद्यार्थी परिषदले रजत जयन्ती वर्षभरी ‘एक संकल्प राष्ट्रका लागि’ भन्ने मूल ध्येयका साथ सामाजिक गतिविधिहरु अघि बढाएको जनाएको छ । प्राज्ञिक विद्यार्थी परिषद् गैंडाकोट नगर–इकाईको आयोजनामा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको रजत जयन्ती वर्ष स्वागतार्र्थ गैंडाकोटमा रक्तदान कार्यक्रममा गरिएको परिषद् गैंडाकोट नगर–इकाइका अध्यक्ष बिनोद पौडेलले जानकारी दिनुभएको छ ।

 रक्तदान कार्यक्रमका संयोजक रामचन्द्र आचार्यको अध्यक्षतामा गैंडाकोटमा भएको रक्तदान कार्यक्रममा प्याब्सन नेपालका राष्ट्रिय उपाध्यक्ष भरतबाबु कंडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कंडेलले समाज परिवर्तनमा प्राज्ञिकको भूमिकाकोे प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा स्थानीय शिक्षक, विद्यार्थीलगायत सामाजिक कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

नगर अध्यक्ष विनोद पौडेलले जानकारी दिनुभएको छ । विक्रम संवत ०५२ सालमा काठमाडौंमा स्थापना भएको परिषद् विस्तारका क्रममा गैंडाकोटमा ०६४ सालमा स्थापना भएको नगर अध्यक्ष बिनोद पौडेलले जानकारी दिनुभएको छ । असल इमान्दार एवं राष्ट्रवान् व्यक्तित्व निर्माण गर्ने उद्धेश्यले विभिन्न सामाजिक गतिविधि सञ्चालन गरिरहेको परिषद्का सचिव शितराज न्यौपानेले जानकारी दिनुभएको छ । 



No comments:

Post a Comment

Post Bottom Ad