गैंडाकोटमा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चा प्रवेश - समृद्धि खबर

Pages

Breaking

Sunday, December 1, 2019

गैंडाकोटमा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चा प्रवेश

पूर्णप्रसाद खराल राजन, गैंडाकोट । 


गैंडाकोट नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेको लहर लागेको छ । पार्टीले लिएको राजनैतिक विचारले देशको परिस्थितिको सही मूल्याङ्कन गरेको भन्दै गैंडाकोट नगरपालिका वडा नं. १४ मा ३० जनाभन्दा बढी व्यक्तिहरुले जनमोर्चामा प्रवेश गरेका छन् ।

यसरी प्रवेश हुनेमा रामप्रसाद पौडेल, डिलादेवी पौडेल, दुर्गा पौडेल, देवी पौडेल, तारा सुवेदी पौडेल, अनु पौडेल, रेणुका पौडेल, जयकला पौडेल, रामु पौडेल, गंगाराम आचार्य, हिरादेवी आचार्य, राजेन्द्र आचार्य, सरस्वती आचार्य, शंकर पौडेल, प्रतिमा पौडेल, टेकनारायण पराजुली, रेशम आचार्य, भुमिश्वर सापकोटा, भुमकली सापकोटा, विष्णुमाया पराजुली, कलावती तिवारी शर्मा, वेदप्रसाद शर्मा, नेत्रप्रसाद आचार्य, चक्रपाणि पौडेल, चन्द्रा पौडेल, ओमप्रकाश पौडेल, विष्णु सापकोटा, रामबाबु सापकोटा, चिन्तामणि पौडेल र डिला पौडेल रहनुभएको छ ।

 यसरी प्रवेश गर्नेमा अधिकांश विप्लव निकट नेकपाका कार्यकर्ता एवं नेपाली काङ्ग्रेसका कार्यकर्ता रहेको राष्ट्रिय जनमोर्र्चा नवलपुरले जनाएको छ । राष्ट्रिय जनमोर्चा प्रवेश गर्ने बुद्धिजीवी, किसान र युवाहरुलाई स्वागत गर्दै एक समारोह बीच राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दीपक पाण्डेले सदस्यता वितरण गर्नुभएको थियो ।




No comments:

Post a Comment

Post Bottom Ad