के सन्तान नहुनुमा तपाईको घर जिम्मेवार रहन्छ ? - समृद्धि खबर

Pages

Breaking

Wednesday, November 27, 2019

के सन्तान नहुनुमा तपाईको घर जिम्मेवार रहन्छ ?


वास्तु एक विज्ञान हो जुन कुनैपनि धर्म, जात, वर्गसँग सम्बन्धित छैन । कुनै पनि मान्छेले आफ्नो जिवनमा सफलता प्राप्त गर्नको लागि मुख्य ३ कुराहरु जसमा कर्म (Human Luck) को ३३% , भाग्य (Heaven Luck) को ३३% र वास्तु (Earth Energy) को ३३% रोल रहेको हुन्छ । भाग्य भनेको अर्को भाषामा  Planet Energy  पनि हो। 

जसरी पृथ्वीबाट १४९.६ मिलियन किलोमिटर टाढा रहेको सूर्य ग्रहको ताप हामीले ग्रहण गर्छौ त्यसरी नै ब्रम्हाण्डमा रहेका आकाशिय ग्रहहरुको प्रभाव हामीमा परिरहेको हुन्छ । हामी जन्मदा कुन ग्रहले कति डिग्रीमा प्रभाव रमाई रहेको छ र कुन ग्रहले शासन गरिरहेको छ । (GPS System) अर्थात कुन ग्रहको कति प्रभाव हामीलाई परेको छ त्यसैको आधारमा संग पनि हाम्रो भविष्य गाँसिएको हुन्छ । 

अर्को हामी यो धर्तीमा जति हात पाखुरा खियाउछौं, बल बृद्धि प्रयोग गछौ अर्थात खटिन्छौ त्यो कर्म हो जसको प्रभाव जिन्दगी सफल हुनुमा ३३% रहन्छ । हामी जुन भूमिमा बस्छौ त्यसको भ्लभचनथ कस्तो छ, वातावरणीय प्रभाव के रहन्छ त्यो वास्तु (Earth Energy) हो र यसको जिन्दगी सफल बनाउन ३३% भुमिका रहन्छ । वास्तु एउटा यस्तो विधा जसबाट जिन्दगीमा आइपर्ने थुप्रै समस्याहरु र मान्छेलाई लाग्ने जटिल रोगहरु घरको पञ्चतत्वको सन्तुलन बिना तोडफोड मिलाएर पनि समाधान/उपचार हुन सक्छ । 

पश्चिमी देशहरुलगायत थुप्रै देशहरुमा यो प्रयोगबाट पनि यसरी नै समस्याको समाधान गरिन्छ तर नेपालमा यसको प्रयोग खासै देखिदैन। हाल नेपालमापनि त्चभबत धष्तज ल्बतगचभ को कुरा आईरहेका छन् । महावास्तुमा घरको मुख्य ढोका, पञ्चतत्व, १६ जोन र घरमा राखिएका सामानहरुको सन्तुलनबाट समस्याको समाधान गरिन्छ । वास्तुको ईडीट भर्जन हो महावस्तु ।

       यदि तपाइको जोडिमा हालसम्म पनि सन्तान भएको छैन, आमाबुवा हुने आर्शिबाद प्राप्त भएको छैन र तपाइको घरमा तलकामध्ये कुनै मिलेको छ भने जो कोहि महावास्तु विशेषज्ञबाट घरको बिना तोडफोड सहजै वास्तु उपचार सम्भव छ । यदि तपाई आमाबुवा हुने आर्शिबाद लिदै हुनुहुन्छ भने आफ्नो घरको निम्न कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ । बच्चा गर्भमै आउदैन वा पटकपटक गर्भ खेर गईरहन्छ, यस्तो किन हुन्छ ?

१. यदि तपाई सुत्ने ठाउँ  SSW (दक्षिण र नैऋत्य बिचको दिशा) मा छ भने यो बेला यो समस्याको प्रमुख जड कारण बन्नसक्छ ।

२. यदि तपाईको घरमा पञ्चतत्व मध्यको आगोको मात्रा कमजोर भएमा तपाईको प्रजनन क्षमतामा नै खराबी हुन्छ । आगोको कोण भनेको SE (आग्नेय कोण) हो ।

३. यदि तपाईको घरको NE (उत्तर पूर्व) मा घरको छतमा पानी टैँकी अथवा कपडा धुने Washing Machine छ भने समस्या निम्तिन सक्छ ।

४. घरमा प्रवेशद्वार SSW (दक्षिण र दक्षिण पश्चिम दिशाको बिचमा) छ र शौचालय SW(नैऋत्य कोण) मा छ भने यो समस्या निम्तिन सक्छ ।


                                                                लक्ष्मीप्रसाद सोती,
                                                                     ...संस्थापक...
                                                                     सोती वास्तु 
                                                                                            www.sotivastu.com

No comments:

Post a Comment

Post Bottom Ad