गैँडाकोट ८ का श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश - समृद्धि खबर

Pages

Breaking

Saturday, November 30, 2019

गैँडाकोट ८ का श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश

गैँडाकोट, १४ मंसिर ।


नेपाली काङ्ग्रेसमा रहदै आउनु भएका गैँडाकोट ८ का डोरप्रसाद श्रेष्ठ (नेकपा)मा प्रवेश गर्नुभएको छ । शनिवार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गैँडाकोट ८ को बैठकमा श्रेष्ठ पार्टी प्रवेश गर्नुभएको थियो ।

श्रेष्ठलाई कार्यवाहक अध्यक्ष बालकृष्ण शर्मा रिजालले टिका फुलमालासहित नेकपा प्रवेश गराउनुभएको थियो । काङ्ग्रेसको नैतिक चरित्र पतन भइसकेको र पार्टीको नीति व्यवहार र लक्ष्य भन्ने शुन्यजस्तै भएकाले आफु नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेको श्रेष्ठले बताउनुभएको छ ।



कार्यक्रममा बोल्ने अधिकाशंले नेकपाले जनताको समस्या बुझेर आधारभूत आवश्यकता पुरा गर्न र देशको विकास गर्न जिउँज्यान लाएर काम गरिरहेको बताएका थिए ।  कार्यक्रममा नगर कमिटि सदस्य गुणाखर रेग्मीको प्रमुख आतिथ्यता एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गैँडाकोट ८ वडा कमिटिका कार्यवाहक अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकको सहजिकरण पुर्व क्षेत्रीय कमिटी सदस्य राजु सापकोटाले गर्नुभएको थियो ।


No comments:

Post a Comment

Post Bottom Ad