प्रथम ऐतिहासिक डाँडाझेरी महोत्सब–२०७६ आजदेखि सुरु हुदै - समृद्धि खबर

Pages

Breaking

Wednesday, November 27, 2019

प्रथम ऐतिहासिक डाँडाझेरी महोत्सब–२०७६ आजदेखि सुरु हुदै

पूर्णप्रसाद खराल राजन, गैंडाकोट, ९  मंसिर ।

प्रथम ऐतिहासिक डाँडाझेरी महोत्सब–२०७६ आजदेखि सुरु हुदै छ ।  महोत्सबको तयारीका मूख्य कार्यहरु सकिएको महोत्सब आयोजक डाँडाझेरी गैंडाकोट विकास समाज मूल समारोह समितिका अध्यक्ष दुर्गाबहादुर मसरा·ी मगरले जानकारी दिनुभएको छ । महोत्सबको प्रतिनिधिसभा सदस्य डा। शसांक कोइरालाले आज १२ गते दिउसो  १ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 ‘पर्यटन प्रवद्र्धनको ठाउँः महोत्सब हेर्न डाँडाझेरी जाऊँ’ भन्ने मूल नाराका साथ यहि मंसिर १२ गतेदेखि १६ गतेसम्म बुलिङटार गाउँपालिका वडा नंं। २ स्थित डाँडाझेरीमा महोत्सब हुन लागेकोे  आयोजकले जानकारी दिएको छ ।

महोत्सबमा कुल ३० वटा स्टल रहनेछ भने महोत्सब विशुद्ध मुनाफारहित र विकट पहाडी क्षेत्रमा रहेको पर्यटकीय स्थललाई पहिचान गराउने लक्ष्य राखिएको आयोजकले जनाएकोे छ ।

महोत्सबमा मुख्य आकर्षणकारुपमा कालीगण्डकी नदिमा ¥याफटीङ गर्न सकिने, परापूर्वकालमा राजाले देह त्याग गरेको स्थल अवलोकन, धोर्मिक एवम् ऐतिहासिक स्थल जलदेवि मन्दिर दर्शन, डाँडाझेरीको पहिचान, संस्कृति, रीतिरिवाज, परम्पराको अवलोकन, सुन्तलाको पकेटक्षेत्र अवलोकन र खरिद गर्नसकिने आयोजकले जनाएको छ ।

 नवलपुर जिल्लाको विकट पहाडी क्षेत्रमा आयोजना गरिएको महोत्सबको मुख्य प्रायोजक बुलिङटार गाउँपालिका रहेको छ भने सह–आयोजक बुलिङटार वडा नंं। २  र सह–प्रायोजक राना मेडिकल हल, जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोट, फो नाइन्टी नाइन रेस्टुरेन्ट रहेको जनाइएको छ ।

 महोत्सबको आयोजन ागर्न २० लाख रुपैयाँ लाग्ने  छ भने यसमा ठुलो कारोवारभन्दा पनि पर्यटन प्रर्वद्धनलाई जोड दिइएको आयोजक समितिका अध्यक्षले जानकारी दिनुभएको छ । 

महोत्सबमा सहभागि हुन सर्वसाधारणका लागि ५० रुपैयाँ र विद्यार्थीका लागि २५ रुपैयाँको टिकट व्यवस्था रहेको आयोजकले जनाएको छ । जिल्लाको ग्रामिण स्थलमा आयोजना गरिएको महोत्सब अवलोकन गरि यसस्थलमा विकास निर्माणको सहयोग पु¥याउन आयोजकले सबैमा आग्रह गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad