बौदिकाली ५ मा नेकपाका थापा खरु मगर विजयी - समृद्धि खबर

Pages

Breaking

Saturday, November 30, 2019

बौदिकाली ५ मा नेकपाका थापा खरु मगर विजयी

नवलपुर, १४ मंसिर, समृद्धि संबादाता

नवलपरासी पूर्व नवलपुरको बौदीकाली गाउँपालिका वडा नम्बर पाँचमा वडा अध्यक्ष पदका लागि भएको उप निर्वाचनमा सत्तारुढ दल नेपाल क्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार विजयी भएका छन् । 

वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार खिम बहादुर थापा खरु मगर १ सय ३६ मत अन्तरले विजयी हुनु भएको छ  । 

उहाँले कुल ३ सय ६७ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्धन्दि नेपाली कांगे्रसका उम्मेदवार तुलबहादुर रानाले २ सय ३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनु भयो । 

यस्तै समाजबादी पार्टीका उम्मेदवार प्रितमबहादुर रानाले ७ मत प्राप्त गरेका छन् । १० मत बदर भएको अधिकारीले बताउनु भयो । 

आज भएको वडा अध्यक्ष पदको उपनिर्वाचनमा कुल ६ सय १५ मत खसेको थियो । 

No comments:

Post a Comment

Post Bottom Ad