चितवनमा नेकपालाई ठूलो धक्का / एमालेले एक्लै जितेको वडा नेकपाको पराजय - समृद्धि खबर

Pages

Breaking

Saturday, November 30, 2019

चितवनमा नेकपालाई ठूलो धक्का / एमालेले एक्लै जितेको वडा नेकपाको पराजय

चितवन, १५ मंसिर । 


 चितवनको तीन वटै वडामा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन । भरतपुर महानगरपालिका १६ , खैरहनी नगरपालिका ४ र ५ मा नेपाली काङ्ग्रेस विजयी भएको हो । भरतपुर महानगर १६ का काङ्ग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् । उनले नेकपाका भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले ३१८३ मत प्राप्त गरेभने भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए ।

खैरहनी नगरपालिका ४ मा काङ्ग्रेसका उम्मेद्वार देवबहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका हुन् ।

खैरहनी नगरपालिकाकै ५ मा नेपाली काङ्ग्रेस विजयी भएको छ । नेपाली काङ्ग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् । चितवनमा नेपाली काङ्ग्रेसले ठूलो जित प्राप्त गरेसँगै नेकपा पार्टी पङ्तीमा विभिन्न खाले विश्लेषण सुरु हुन भइसकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी -नेकपा_ का अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनका ३ वटै वडामा भएको निर्वाचनमा नेकपाका सबै उम्मेद्वार पराजय भएसँगै विश्लेषण हुनु स्वभाविक पनि हो , यसअघि तत्कालिन नेकपा एमालेले एक्लैले जितेको भरतपुर १६ मा नेकपाको हारलाई अस्वाभाविक रुपमा मुलुक भर हेरिएको छ । 




No comments:

Post a Comment

Post Bottom Ad