रजत महोत्वस विशेष : शिक्षामा शाईनिङको भूमिका विषयक अन्तरक्रिया सम्पन्न - समृद्धि खबर

Pages

Breaking

Saturday, November 30, 2019

रजत महोत्वस विशेष : शिक्षामा शाईनिङको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

समयअनुसार विद्यालयको विकास गर्छौ  : संस्थापक प्रधानाध्यापक दवाडी

समृद्धि खबर, गैंडाकोट । गैंडाकोटको शाईनिङ आवासीय माध्यमिक विद्यालयको रजत महोत्सवको अवसरमा शनिबार “शिक्षामा शाईनिङको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक लक्ष्मीप्रसाद दवाडीको अध्यक्षतामा र गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दवाडीले स्थानीय तहको शिक्षामा शाइनिङ्को भूमिकाको विषयमा कार्यपत्र पेश गर्नुभएको थियो । विद्यालयको सभाहलमा भएको सो कार्यक्रममा दवाडीले विद्यालयले स्थापना कालदेखि हालसम्मका विभिन्न कालखण्डहरुमा विभिन्न व्यक्तित्वहरुको सुझाव र सल्लाहलाई आत्मासाथ गदैं विद्यालयलाई अघि बढाएको बताउनुभयो । 

साथै विद्यालयलाई व्यवस्थित गर्नको लागि आवश्यक सल्लाह सुझावहरुलाई सधैं आत्मासाथ गदैं भविष्यमा पनि समयअनुरुप विद्यालयको विकास गर्ने बताउनुभयो । उहाँले कार्यक्रममा विद्यालयको विगत र वर्तमानलाई सम्झदै विद्यालयको स्थापनाकालमा निकै संघर्ष गरेको भन्दै अहिले विद्यालयको अवस्था हेर्दा आफूनै दङ्ग परेको भन्दै आफ्नो अनुभव बताउनुभयो । विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुको प्रगतिदेख्दा आफूलाई निकै आनन्द लागेको भन्दै त्यस्ता विद्यार्थीहरुले नै विद्यालयको पहिचान भएको उहाँले बताउनुभयो । कार्यक्रमको अध्यक्षसमेत रहनुभएका दवाडीले विद्यालयले रजत महोत्सवको अवसरमा  आँखा शिविर, दन्त शिविर, स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रमहरुको आयोजना गरेको बताउनुभयो ।  कार्यक्रममा विशिष्ट अतिथीको रुपमा जिल्ला समन्यव समितीका उपाध्यक्ष शारदा वि.क रहनु भएको थियो । 

कार्यक्रममा गैंडाकोट वार्ड नम्बर ५ का १६ वटा टोल विकास संस्थाका प्रतिनिधीहरु “शिक्षामा शाईनिङको भूमिका” विषयमा आफनो विचार प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा २१ जना प्रवक्ताहरुले आफनो विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रेस संगठन नवलपुरको सहसयोजक हिमालदेव पंगेनी, नारायणी टोलविकास संस्थाका प्रतिनीधिलगायतका व्यक्तिवहरुले आफनो विचार प्रस्तुत गरेका थिए । 

कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तिवहरुलाई मायाको चिनो द्धारा सम्मान गरिएको छ । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक कपिल लामिछानेले गर्नु भएको हो । विद्यालयले यही मंसिर ४ गते पत्रकार सम्मेलन गर्दै एक महिने कार्यक्रमको घोषणा गरेको थियो भने आगामी पौष ८ गते मूल समारोहको आयोजना गर्ने पनि विद्यालयका संस्थापक इन्दिरा चापागाईले बताउनुभयो । साथै विद्यालयले रजत महोत्सवको अवसरमा स्रस्टा सम्मान, पत्रकार सम्मान, विभिन्न खेलकुद कार्यक्रमसहित एक दर्जन कार्यक्रम पनि सम्पन्न गरिसकेको छ । 




No comments:

Post a Comment

Post Bottom Ad