चोरले पैसा लगेनन् प्याज लगे - समृद्धि खबर

Pages

Breaking

Thursday, November 28, 2019

चोरले पैसा लगेनन् प्याज लगे

१२ मंसिर ।
प्याजको भाउ अहिले निकै नै बढेको छ । नेपालमा यसको मुल्य २ सय नाघेको छ ।  नेपाल सगै  भारत र बंगलादेशमा प्याजको भाउले आकास छोएको छ । त्यसमाथि बंगलादेशमा त नेपाल र भारतमा भन्दा पनि प्याज महंगो भएको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । प्याजको भाउ सुन जस्तै हुन थालेपछि यसको चोरी भएको छ भारतमा ।

जहाँ एक तरकारी पसलबाट प्याज चोरी भयो तर नजिकै रहेको गल्लामा रहेको पैसा भने जस्ताको त्यस्तै छ । घटना हो भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरको । जहाँको एक तरकारी पसलमा प्याज चोरी भएको हो । चोरले पसल नै फोडेर प्याज चोरेर लगे तर पैसा लगेनन् ।

 उनीहरुले पैसा नदेखेका भने होईनन् तर उनीहरुले प्याज लिएर गए पैसा भने छोएनन् । जब पसलका मालिक बिहान पसल खोल्न पुगे तब पसलको अवस्था देखेर चोरी भएको सहजै अनुमान लगाए ।

उनले हतार हतार गल्लामा भएको पैसा गन्न थाले जुन पुरा थियो पछि मात्र उनले निक्यौल पाए की पसलबाट केही बोरा प्याज चोरी भएको रहेछ ।

  एजेन्सीको सहयोगमा


No comments:

Post a Comment

Post Bottom Ad