नेपालमै पहिलोपटक लघुवित्त महिला सम्मेलन सम्पन्न / महिला उद्यमीहरुको उत्साहजनक सहभागिता - समृद्धि खबर

Pages

Breaking

Sunday, December 8, 2019

नेपालमै पहिलोपटक लघुवित्त महिला सम्मेलन सम्पन्न / महिला उद्यमीहरुको उत्साहजनक सहभागिता

समृद्धि खबर डेस्क, गैंडाकोट

गैंडाकोट नगरपालिकामा  रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको किसान लघुवित्त कार्यक्रमबाट नवलपुरका करिब एक हजार महिलाहरु उद्यमी बन्न सफल भएका छन् स्थपानाकालदेखि नै सहकारीले आफ्ना महिला सेयर सदस्यहरुलाई  सहज शुलभ ढङगबाट वित्तीय पहुँच पु¥याई महिला सशक्तीकरण, नेतृत्व विकास स्वरोजगार बनाउने उदेश्यले सञ्चालन गरेको किसान लघुवित्त कार्यक्रमबाट महिलाहरुलाई समूह बचत, लघुकर्जा विभिन्न सीपमूलक तालिम प्रदान गरेर महिलाहरुलाई साना उद्यमतर्फ आकर्षित गर्न सफल भएको

गैंडाकोटमा मुख्य कार्यालय रहेको साकोसले गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका विनयीत्रिवेणी गाउँपालिकामा सेवा प्रदान गर्दै आइरहेको किसान बचत तथा ऋण सहकारी संस्थालले महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले नै गत वर्षबाट यो कार्यक्रम सञ्चालन गरेको संस्थाका अध्यक्ष श्रीहरि चालिसेले बताउनुभयो लघुवित्त कार्यक्रममा अहिलेसम्म नवलपुरका करिब १६ हजार महिलाहरु सहभागी भएका छन्  भने उनीहरु कुनै कुनै लघु उद्यममासमेत लागेको अध्यक्ष चालिसेले बताउनुभयो   उनीहरु मध्यबाट हजार बढि महिलाहरु शनिबार भएको लघुवित्त सम्मेलनमा उपस्थित भएको संस्थाको दाबी अध्यक्ष चालिसेका अनुसार जिल्लाको मुख्य कार्यालय गैंडाकोट विभिन्न स्थानीय तहका १४ वटा सेवाकेन्द्रका महिला सेयर सदस्यहरुलाई समूह बनाई न्यूनतम् ब्याजदरमा लघुवित्त कर्जा प्रवाह गरेको   यस्तै विभिन्न सीपमूलक तालिम प्रदान गरेको 

अहिले महिलाहरुको सय ७८ वटा समूह छन् जसमा न्यूनतम् २० देखि बढीमा ५० जना गरी करिब एक हजार महिला समूहमा बसेका छन् उनीहरु सबैले घरमै उत्पादन गर्न सकिने खालका साना उद्यमहरु सञ्चालन गरी आफूहरु आत्मनिर्भर बन्न सफल भएको पनि अध्यक्ष चालिसेले दाबी गर्नुभयो महिलाहरुले उत्पादन गरेका लघु उद्यमका सामग्रीको बजारीकरण गर्ने उद्देश्यले सहकारीले शनिबार गंैडाकोटमा किसान लघुवित्त महिला सम्मेलनको आयोजना गरेको थियो

 सो सम्मेलनको राष्ट्रियसभाका सदस्य एवं सार्वजनिक सरोकार समितिका संयोजक दीलकुमारी रावलले उद्घाटन गर्र्दै मुलुकमा राजनैतिक परिवर्तन पछि नयाँ संविधान बनेसँंगै महिलाहरुका लागि धेरै अवसरका ढोका खुलेको बताउनुभयो   आगामी दिनमा महिलाहरु सशक्त भई अघि बढ्नुपर्ने धारणा राख्दै मुलुकमा ठूलाठूला राजनैतिक परिवर्तनले महिलाहरुका लागि महत्वपूर्ण अवसर आइरहेको भन्दै उहाँले मुलुकको विकासका निम्ति सहकारीको महत्वपूर्ण भूमिका रहेजस्तै महिलाहरुको भूमिकासमेत उत्तिकै महत्वपूर्ण रहेको दाबी गर्नुभयो राष्ट्रियसभाका सदस्य रावलले परिवार, समाज राष्ट्रको समृद्धिका निम्ति महिला पुरुषको साझेदारी समानुपातिक सहभागिता आवश्यक रहनेमा जोड दिनुभयो सो सम्मेलनमा महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शन गरिएको थियो

 महिलाहरुले उत्पादन गरेका झोल साबुन, कातेको बात्ती, क्रिस्टलका चुरा,पोते,  कानको बाली , कुशन , ढाकाको ब्याग, चप्पल, सिलाइकटाइ , ग्यास्ट्रिकचूर्ण, घरमा सजाउने ऐना, ढकिया जस्ता हस्तकलाका सामग्रीका १५ वटा स्टल राखिएको थियो स्टलहरुमा सामग्री किन्नेहरुको घुँईचो नै लागेको थियो स्टलमा झोल साबुन बेच्न बसेकी मध्यविन्दु नगरपालिका चोरमारा निवासी भविष्य निर्माण समूहकी मथुरा देवकोटाले  समूहमा आबद्ध भएर सीपमूलक तालिक लिएपछि विगत पाँच महिनाबाट आफूले घरमै झोल साबुन बनाउन सुरु गरेको बताउनुभयो

बजारबाट आवश्यक कच्चा पदार्थ ( केमिकल) ल्याएर घरमा फुर्सदको समयलाई सदुपयोग गर्दै झोल साबुन बनाउने गरेको बताउनुभयो  उहाँले भन्नुभयो, ‘ पहिले घरधन्दा गरेर फुर्सदको समय कि टिभी हेरेर कि गफै गरेर बिताइन्थ्यो अहिले फुर्सदको समयमा गरेको सानो उद्यमले आम्दानी लिन थालेको छु  उहाँले थप्नुभयो , ‘ मात्रै नभई समूहका २० जना दिदीबहिनीहरुले पनि कसैले बत्ती कात्ने , कसैले चुरा पोते बनाउने गर्नुहुन्छ   देवकोटाका अनुसार दैनिक पाँच लिटरसम्म उहाँले झोल साबुन उत्पादन गर्नुहुन्छ महिनामा डेढ समय लिटर उत्पादन हुन्छ बढीमा पाँच हजार रुपैयाँ लगानी लाग्ने   प्रतिलिटर ५० रुपैयाँमा बिक्री गर्दा पनि  / हजार रुपैयाँसम्म खुद नाफा हुने गरेको देवकोटाले बताउनुभयो

 यस्तै गंैडाकोट १६ अमरापुरी निवासी विमला केसीले ग्यास्ट्रिकको चूर्ण , झोल साबुन दु्वै उत्पादन गर्दै आउनुभएको सीपमूलक तालिम पनि  पाइने सहकारीबाट सहुलियत दरमा कर्जा पनि पाइने भएपछिशान्ति महिला समूहमा आबद्ध भएर काम गर्न थालेको बताउनुभयो    घरधन्दा  सकेपछि वल्लोघर पल्लोघर गरेर दिन जान्थ्यो , तर अहिले फुर्सद नै हुँदैन भन्दै अहिले उत्पादन सुरु गरेपछि आम्दानी पनि भएको जसले आफूलाई निकै उत्साहित पनि बनाएको हातमा पैसा परेपछि अझै बढी कमाउन पाए हुन्थ्यो भन्ने  लाग्दो रहेछ  भन्दै केसीले यतिबेला चूर्ण साबुन बनाउनमै व्यस्त भएको बताउनुभयो    - हजार लगानी लगाएपछि महिनाभरिलाई उत्पादन गर्ने कच्चापदार्थ आउने भन्दै केसीले  , चूर्णका लागि घर वरपरकै जडिबुटी पनि प्रयोग गरेको बताउनुभएको सबै खर्च कटाएर  - हजार रुपैयाँ आम्दानी हुने पनि उहाले बताउनुभयो यसरी किसान बचतले सुरु गरेको लघुवित्त कार्यक्रमअन्तर्गत यस्ता थुप्रै उद्यमहरु सञ्चालन भएकोमा सो सम्मेलनले थप उत्साह थपिएको सम्मेलनमा सहभागीहरुले बताएका छन् किसान साकोसका व्यवस्थापक नवीन सापकोटाले सहकारीमार्फत् सहुलियत दरमा महिलाहरुलाई लघुवित्त कार्यक्रम सञ्चालन गरेको देशकै पहिलो सहकारी किसान रहेको दाबी गर्नुभयो   देशमै पहिलोपटक सहकारीले यसरी लघुवित्त सम्मेलनको आयोजना गरेको समेत उहाँले बताउनुभयो

 विशेष गरी महिलाहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि सम्मेलनको आयोजना गरिएको सापकोटाले बताउनुभयो सम्मेलनमा सहभागीहरुको उपस्थितिले उद्यमीहरुको उत्पादन किन्न प्रोत्साहन गर्ने उदेश्यले सम्मेलनको आयोजना गरिएको सापकोटाको भनाइ रहेको यस्तै बजारीकरणका लागि नै संस्थाको मुख्य कार्यालय सेवाकेन्द्रहरुमा छुट्टै्र कोठाको व्यवस्था गरी बिक्रीकेन्द्र स्थापना गर्ने योजना संस्थाले बनाएको जानकारी दिनुभयो संस्थामा  कारोबार गर्न आउनेहरुले  महिलाले उत्पादन गरेका सामग्रीहरु खरिद गर्नेछन् भन्ने विश्वास आफूहरुले लिएको उनको भनाइ रहेको बिक्रीबाट आएको रकम सम्बन्धित उद्यमीको खातामा जम्मा हुने गरी व्यवस्थापन गर्न लागेको उहाँले बताउनुभयो





No comments:

Post a Comment

Post Bottom Ad